2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भाँगावनमा खानेपानी ट्याङ्की निर्माण

साउन २५, ललितपुर । गोदावरी नगरपालिका वडा नं १० स्थित भाँगावनमा १५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएकोे छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ को सहयोगमा उक्त ट्याङ्की निर्माण सम्पन्न भएको हो ।

ट्याङ्की निर्माण र वितरणका लागि हालसम्म रु नौ लाख ४० हजार खर्च भएको भाँगावन पर्यटन विकास समितिका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान र वनभोजस्थल निर्माण गर्ने उद्देश्यका साथ हामीले टाहाखेलदेखि सिँढी निर्माणको काम धमाधम गरिरहेका छाँै ।” गत आर्थिक वर्षमा वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट विनियोजित रु ३० लाखले हालसम्म आधा बाटो सिँढी निर्माणको काम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“ट्याङ्कीको पानी हाल भने वरिपरि भइरहेको विकास निर्माणका कामका प्रयोग गर्नुका साथै नजिकै रहेका सुकुम्वासी बस्ती र वडा नं ६ फौडोलका जनतालाई समेत वितरण गर्ने भएका छौं ”, उहाँले भन्नुभयो, “कान्ति राजपथबाट भाँगावनको शिरमा पुग्न ८७५ मिटर उचाइ पार गर्नुपर्छ ।” सो स्थललाई रमणीय र हराभरा बनाउन दाताको सहयोगमा १८ देखि २० वटा कुर्ची र ट्रष्ट हाल्ने काम पनि छिट्टै शुरु गरिने छ ।

ललितपुर क्षेत्र नं १ (ख) प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले शनिबार उक्त  ट्याङ्कीको शुभारम्भ गर्दै गोदावरी विकासमा यी विभिन्न योजनाले निकै सहयोग पु¥याउने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा धार्मिक, पर्यटनका साथै कृषि क्षेत्र विकासका लागि हामी दिनरात खटेको छौँ ।” वडा नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले अरुले औँला ठड्याउन नसक्ने गरी उपभोक्ता समितिले काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम