साउन ११, पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ । 

जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ । 

जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्"/>

2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बिहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

साउन ११, पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ । 

जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्थानमा पहिरो खसेको हो । अविरल वर्षाले सडकमाथिबाट खसेको पहिराले राजमार्गका छेउमा रहेका तीन घर समेत पुरिएका छन् । अन्य चार घर अझै जोखिममा छन् । माटो र ढुङ्गासहित पानी बग्न नरोकिँदा यहाँका अझै चार घर खतरामा नै छन् । 

राति गएको पहिराले सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई बुटवल आवतजावतमा समस्या पैदा भएको छ । दूध, तरकारी लगायत गाउँमा उत्पादित सामान बुटवल लैजाने र बुटवलबाट दैनिक उपभोग्य सामान खरिद गरी ल्याउनेलाई सडक अवरुद्ध हुँदा समस्या पैदा भएको छ । 

बुटवलबाट पाल्पा हुँदै अर्घाखाँची, गुल्मी, बाग्लुङ, स्याङ्जा र पोखरा जाने सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै पाल्पाका ग्रामीण भेगबाट बुटवल जाने सवारी साधन सडक अवरुद्ध हुँदा यात्रु समस्या परेका छन् । 

पटक पटक पाल्पा–बुटवल सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिराले अवरुद्ध गरे पनि यसपालि दोभानको झुम्सा क्षेत्रमा ठूलो पहिराले सडक अवरुद्ध बनाउन पुगेको हो । पहिराले सात घर दलित परिवारलाई घरविहीन बनाएको छ । उनीहरुले अहिले नजिकैको स्थानीयवासीको सहारामा आश्रय लिएको स्थानीयवासी नारायण थापाले बताउनुभयो । 

सडक अवरुद्ध खुलाउन स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बिहानैदेखि खटिए पनि आज साँझसम्म बाटो खुलाउन समस्या रहेको स्थानीयवासीले बताएका छन् । पहिरो अझै रोकिएको छैन । आज साँझसम्म पनि सडक खुल्ने छाँट नभएको स्थानीय बासिन्दा नारायण थापाले बताउनुभयो । 

ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यका अनुसार सिद्धार्थ राजमार्ग खुलाउन तीन डोजर प्रयोगमा आएको छ । सिद्धबाबा क्षेत्रमा एउटा तथा चरचरे र पीपलडाँडा क्षेत्रमा एउटा डोजरको प्रयोग गरी स्थानीय प्रशासनले सडक खुलाउन पहल गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई