२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

२६ श्रावण २०७७, सोमबार ०३:५५

साउन २६, कास्की (रासस) | कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।

माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखि काम शुरु भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ड’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ को खन्ने काम जारी रहेको छ ।  अगामी भदौ १५ देखि थप जनशक्ति, मेशिन तथा उपकरण प्रयोग गरेर निर्धारित समयभित्र आयोजना सक्ने गरी दुई सिफ्टमा सिभिलतर्फको काम तीव्रताका साथ अघि बढाइने आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा प्रालिले जनाएको छ ।

गत असार १ गते ‘जेनेरेशन लाइसेन्स’ प्राप्त भएको मितिले २७ महिनाभित्रमा आयोजनाबाट विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाको रु तीन अर्ब ५० करोड तथा कम्पनीको स्वपूँजी रु एक अर्ब ५० करोड गरी रु पाँच अर्ब लागतमा आयोजना शुरु गरिएको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । स्थानीयवासी ३२७ जनाले आयोजनामा  लगानी गरेका छन् ।

“लकडाउनले अरु आयोजना प्रभावित हुँदासमेत यस आयोजना अघि बढाउन सफल भयौँ, स्थानीयवासी, जनप्रतिनिधि तथा कम्पनीका व्यवस्थापक आयोजना सफल बनाउन खटिइरहनुभएको छ ।” उहाँले भन्नुभयो, “आगामी भदौ १५ देखि थप ३५० मजदूर परिचालन गरेर आयोजनाको पूर्ण क्षमतामा काम शुरु गर्ने योजनामा छौँ ।”

उहाँका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), जेनेरेशन लाइसेन्स पास भएको तथा आयोजनालाई आवश्यक पर्ने निजी साढे तीन हेक्टर जमिनमध्ये ९० प्रतिशत प्राप्त भइसकेको र सरकारी १३ हेक्टर जमिन लिने प्रक्रियासमेत शुरु भइसकेको छ ।

अध्यक्ष पोखरेलले जेनेरेशन लाइसेन्स प्राप्त हुनुअघिनै आयोजनाको पाँच प्रतिशत हाराहारीमा काम सम्पन्न भएकाले समेत निर्धारित समय भन्दाअघिनै आयोजना सम्पन्न भएरु विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको डिजाइन गरेको हाइड्रो कन्सल्ट्यान्ट इञ्जिीनयरिङका डिजाइन प्रमुख श्यामप्रसाद भुसालले नदी जल प्रवाहमा आधारित आयोजना रहेकाले सेती नदीको पानी पाँच मिटर बाँध बाँधेर एप्रोच कल्भर्डबाट  ६० मिटर लम्बाइ, २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो पोखरीमा थिग्राएर पाइप मार्फत विद्युत्गृहमा पठाइने जानकारी दिनुभयो ।

सेटलिङ बेसिनबाट सफा पानी भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत्गृहमा १८७ मिटर उचाइबाट खसालिने छ । सेटलिङ बेसिन रहने राजबगरबाट खारपानी, चिप्लेटी, चौरखरबारी, कसेरी गाउँ, राातोपानी हुँदा चिन्तेबगरमा निर्माण गरिने पावर हाउससम्मको दूरी छ किलोमिटर ४०० मिटर लामो छ । चिन्तेबगरमा विद्युत्गृहका लागि आवश्यक जमिन अधिग्रहण तथा निर्माणको प्रक्रियासमेत शुरु भएको आयोजना सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले  बताउनुभयो ।

उत्पादित विद्युत् प्रसारण लाइनमार्फत चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । विद्युत् वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।

आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो । जलविद्युत् निर्माणबाट आफ्नो क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकास हुनेमा स्थानीयसमेत विश्वस्त छन् । वडा कार्यालय र प्रवद्र्धक कम्पनीका बीच गत वर्ष वडाको सामाजिक विकासलगायतमा १४ बुँदै सम्झौता भएको थियो ।स्थानीय स्रोत साधनको उपयोगबापत आयोजनाले वडालाई रोयल्टीबाहेक वार्षिक रु ९० लाख सहयोग उपलब्ध गराउने सहमति भएको वडाध्यक्ष विक्रम गुरुङले बताउनुभयो । “जलविद्युत् कम्पनीले यहाँको स्रोत परिचालन गरेबापत समाजका लागि वार्षिक रु ९० लाख दिनुपर्दछ भनेर सम्झौता गरेका छौँ, सो रकम वडाको सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको विकासमा लगानी गर्नेछौँ ।” वडाध्यक्ष गुरुङले भन्नुभयो, “यसका साथै आयोजनामा लगानी गरेका स्थानीयवासीको लगानी सुरक्षित गर्नका लागि वडा कार्यालयले काम गरिरहेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की