ताराबहादुर महत/ फागुन २६, दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७
जिलुको छ्यार छ्यारे सामुदायिक बनमा आगलागि हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।
आज दिउँसो बनमा एक्कासी आगलागि हुँदा जिलु खत्रीगाउँका ११ बर्षिया मनिष खत्री
घाईते भएका थिए । घाईते मनिषकोे सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा उपचार सम्भव नभएपछि
काठमाण्डौँ लैजादै गर्दा बिच बाटोमानै मृत्यु भएको स्थानिय जुना बुढाथोकीले जानकारी दिनुभयो
।
बनमा आगो लागेपछि आगो निभाउन जाने क्रममा मनिष घाईते भएको र उपचारको लागि काठमाडौँ लाने क्रममा
उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनु भयो ।
आगोलागिको कारण खुल्न नसकेको र अहिले आगो नियन्त्रणमा आई सकेको प्रहरीले जनाएको छ ।