५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको लेकमा रमाउँदै भेडी गोठाला

२६ श्रावण २०७७, सोमबार ०६:२३

उमा केसी । साउन २६, रोल्पा । रोल्पा नगरपालिका–९ चोयबाङ निवासी मइमन पुन विगत सात वर्षदेखि भेडी गोठालो हुनुहुन्छ । वर्षले ५१ पुगेका पुनको दैनिकी करीब ५०० भेडा र बाख्राको हेरचाहमै बित्छ । उहाँ घरदेखि करीब तीन हजार ५०० फिट अग्लो रानीवास भन्ने लेकमा भेडाबाख्रासँगै रमाइरहेको देखिनुहुन्छ ।

सुनसान अग्लो, लेकको जङ्गलमा सानो छाप्रा बनाई भेडा र बाख्रासँगै दैनिकी काटिरहनुभएका पुनले सुरक्षाका लागि चार वटा भोटे कुकुरसमेत पाल्नुभएको छ । आधुनिक तरिकाले भेडा र बाख्रा पालन नगरिएकाले उहाँलाई कहिलेकाहीँ चरिचरनको समस्या पर्ने गर्छ । “सधैँ एकै ठाउँमा भेडाबाख्रा राख्दा चरिचरनमा घाँस सकिने भएकाले अग्ला–अग्ला लेकहरु रानीवास, धरमपानीलगायत आसपासका लेकहरूमा चरनका लागि लैजान्छु”, पुनले भन्नुभयो । 

यसरी जङगल क्षेत्रमा बास सार्दा विभिन्न समयमा भेडा, बाख्रा र च्याङग्रा हराउने गरेको उहाँले दुःखेसो पोख्नुभयो । पुनले पालेका भेडा र बोका पूजाका लागि डोल्पा, रुकुम, सल्यान, दाङ, प्युठान, बुटवल, नेपालगञ्जलगायतका स्थानमा लैजाने गरिएको बताउनुभयो । एउटा भेडालाई रु चार हजारदेखि आठ हजारसम्म र च्याङग्रा खसीलाई रु ४२ हजारसम्ममा विक्री गर्ने गरेको उहाँको भनाइ छ । यसरी वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने गरेको पुनले बताउनुभयो ।

अर्का काले रोका पनि त्यहीँ भेडी गोठालोमै व्यस्त हुनुहुन्छ । बिहान उठ्यो, भेडाबाख्राको स्याहार गर्यो, बर्सातको समय, चारैतिर कुहिरोले ढाकेको अग्लो पहाडी भूभाग, नजिक कतै घरगोठ छैन । सुनसान वातावरण, चराचुरुङ्गीको आवाज, सर्प र जुकाको त्रासमा दिनचर्या बिताउनु कम्तीको पीडा छैन तर यस्तै जीवन व्यतित गरिरहेका रोका हेर्दा खुशी देखिनुहुन्छ । 

वैदेशिक रोजगारमा गएर अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै देश, आफ्नै गाउँठाउँको पाखा पखेरीमा यसरी भेडा पालन गर्दा आनन्द महसुस भइरहेको रोकाले बताउनुभयो । विदेशमा गएर अरुको भनाइ खानुभन्दा आफ्नै ठाउँमा स्वतन्त्ररूपमा पेशा गर्न पाएकोमा गर्व गर्नुहुन्छ, रोका । “दुःख केही लाग्दैन, बानी भइसक्यो, एक्लै आनन्दले पेशा गर्यो, मेहनतअनुसार दुई/चार पैसा कमाइ भइहाल्छ”, रोकाले भन्नुभयो ।

रोका र पुन त प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरू जस्तै ग्रामीण भेगका केही घरपरिवार लेकमा भेडा, बाख्रा, च्याङग्रा पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । भेडा, बाख्रा र च्याङग्राको रौँबाट विभिन्न वस्तुहरु उत्पादन गर्न सकिन्छ । भेडाको ऊनबाट कम्बल, पटुका, कोटलगायत न्यानोका लागि विभिन्न वस्तुहरु तयार पार्न सकिने ८० वर्षीया मतिकला केसीले बताउनुभयो । “ऊनबाट तयार गरिएको कम्बल, पटुका निकै न्यानो हुन्छ, चिसोबाट शरीरलाई बचाउन यसले खुबै राम्रो काम गर्छ”, केसीले थप्नुभयो । पूजापाठ गर्दासमेत भेडाको ऊनबाट बनेको कम्बलमा बसेर पूजा गर्ने चलन रहेको केसीको भनाइ छ । भेडाको ऊनबाट निर्मित कम्बल बजारमा रु चार हजारसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

रोल्पाका करिब ४० हजार युवा भारतलगायत वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने गरेका छन् । विश्वभर फैलिएको कोरोना कहरका कारण भारतबाट हालसम्म दुई हजार १८१ जना घर फर्किसकेका छन् । वैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेका १७८ जना  जिल्लामा फर्किसकेका छन । प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण रोल्पामा पुन र रोका जस्तै व्यावसायिक रूपमा भेडाबाख्रा पालन गरेर मनग्य आम्दानी गर्न सकिन्छ । अधिकांश कृषि तथा पशुपालन गर्ने रोल्पालीलाई स्थानीय सरकारले समय सुहाउँदो प्रविधि, सीप र क्षमता अभिवृद्धि गरी पेशालाई आधुनिकीकरण गर्न सके स्वदेशमै स्वरोजगारको ढोका खुल्ने स्थानीय समाजसेवी कृष्णबहादुर घर्ती बताउनुहुन्छ । 

झट्ट हेर्दा आर्थिक आम्दानी धेरै हुने देखिए पनि मेहनत धेरै गर्नुपर्ने, जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले यस पेशालाई युवा पुस्ताले भने रुचाउने गरेका छैनन् । बाउबाजेले पेशालाई निरन्तरता दिए पनि अहिलेको बदलिँदो समयमा आएको नयाँ प्रविधिका कारण युवा पुस्ताले यो पेशालाई खासै अँगालेको देखिँदैन । तीनै तहका सरकारले यहाँको पशुपालनलाई आधुनिकीकरण गर्न जरुरी रहेको स्थानीय अगुवाहरुको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे