Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, वाग्मती । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भर्इ हेटौँडा उपमहानगरपालिका–११  बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटौँडा –११ थाना भर्याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  इन्द्रबहादुर रानाले बताउनुभयो ।  अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले  दुर्घटना भएको हुन सक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । रासस