ताराबहादुर महत, फागुन ३०, दोलखा
सामुदायिक मेलमिलाप कार्यक्रमको जिल्ला
स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम आज सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता
महासंघ नेपाल, जिल्ला महासंघ दोलखाका अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक
स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले विनाशकारी भुकम्प पछि
स्थानिय स्तरमा देखिएका विवादलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले
द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी)
नेपालले दोलखासहित भुकम्प अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र दोलखामा सन्
२०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको बताउनुभयोे । कार्यक्रममा
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र दोलखाका जिल्ला संयोजक रत्ना तमाङले दोलखामा प्राकृतिक
स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । प्राकृतिक स्रोत
द्वन्द्व रुपान्तरण केन्दको आयोजना र द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहायक
प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, जिल्ला वन कार्यालय दोलखाका वन अधिकृत विष्णुदेव भण्डारी,
जिल्ला अदालत दोलखाका से्रस्तेदार धुव्र कार्की र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल
दोलखाका जिल्ला प्रशिक्षक तारा बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।