2026-09-12 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्किल

साउन २९, बाजुरा । बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ ।

स्थान्तरण गर्न भइरहेको ढिलाइका कारण विस्थापितले खुला चौर, सडकमा बास बस्नुपर्ने बाध्यता छ । गौमूलदेखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करिब २०० बढी परिवार विस्थापित बनेका छन् भने १०० बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासँग तथ्याङ्क रहेको छ ।

बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितले पहिरो नजिकै बास बस्नुपर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–२ घागरका करविर नाथको दुखेसो छ । चारैतिरबाट पहिरो बग्ने गरे पनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरे पनि सुरक्षित नभएको गुनोसो त्यहाँका स्थानीयको गुनासो छ ।

पहिरो बगिरहेकै स्थान भए पनि अर्को विकल्प नहुँदा आलेनावासी पाल टाँगेर सडकमा बस्नुपर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताउनुभयो । समस्या बडिमालिका २ घागर र भौनेरा, वडा नं ४ ओलेना, तिपाडा र रिला, ६ विरेखोला, पानीनाउला, जडाङ्गा, ८ रापक क्षेत्रलगायत बस्ती बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित मात्र छैनन्, पूर्ण विस्थापितको खतरामा रहेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउनुभयो ।

बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् भने घर खेत गुमाएका चिन्ताले नै निराश देखिएका छन् । तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापित झनै जोखिममा छन् । रात दिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नुपर्दा उनीहरुले असुरक्षित महसुस गरिरहेका छन् । हालसम्म ३६ परिवारका बस्ने घरसहित भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका १५० बढी परिवार विस्थापित बनेको बडिमालिका नगरपालिकाका प्रमुख बडुवालको भनाइ छ । 

नगर उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत रंगमल विकसहितको टोलीले बुधबार मात्र विस्थापित क्षेत्रको अनुगमन गरेका छन् । नगरपालिकाका तर्फबाट हालसम्म पालसहित प्रतिपरिवारलाई तत्कालका लागि राहत पनि दिएको बताएको छ । १३ परिवार आलेना, सात परिवार तिपाडा, २५ परिवार रिला, छ परिवार जडाङ्गा १६ परिवार घागरका विस्थापितलाई राहतस्वरुप चालम, तेल, नुन र दाल उपलब्ध गराएको छ । घर पूर्णरुपमा बगाएको वा विस्थापित गरेको परिवारलाई प्रतिपरिवार ५० केजी चामल दुई केजी दाल, दुई पोका तेल र दुई पोका नुन उपलब्ध गराइएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले जानकारी दिनुभयो ।

केन्द्रमा राजनीतिक दलका नेता तथा सांसद, नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समितिसहित सहयोगी दाता सबैको पहल जारी रहे पनि बास र गाँसको ग्यारेन्टी नगरिएको गुनासो विस्थापितको छ । शरीरमा लगाउने कपडासमेत नभएको अवस्थामा र दिनरात पानीको झरीमा बस्नुपर्ने बाध्यतालाई राज्यले बुझी दिनुपर्ने माग उनीहरुको छ । बाढी र पहिरोको बीचमा रात बिताउनु पर्दा डरले जागराम बस्नुपर्ने बाध्यता रहेको बाढीबाट विस्थापित कमल नाथले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन