Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 14, 2020 डोटी - DT, समाज

समुदायस्तरमा कोरोना परीक्षण गरिने

By साझासवाल 3 मिनेट पढाइ

<p>साउन ३०, डोटी | जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षणका लागि तयारी गरेको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिने तयारी भएको जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।&nbsp;<br></p><p>उहाँले भन्नुभयो, “पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएकाले हामीले बढी भीड हुने कार्यालय तथा सुरक्षाकर्मीको पिसिआर परीक्षण गर्ने तयारी गरेका छौँ, चाँडै नै सबैको कोरोना परीक्षण हुन्छ ।” भारतबाट रोजगारी गरी जिल्ला फर्किएका कम्तीमा पनि ५९० को कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिनुभयो । जिल्लामा कोरोना परीक्षणका लागि कम्तीमा पनि सात हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ ।&nbsp;</p><p>भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गर्न थालिएको कोरोना सम्पर्क व्यक्ति विष्टले बताउनुभयो । समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाएको बताइएको छ । रासस</p>