२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

समुदायस्तरमा कोरोना परीक्षण गरिने

३० श्रावण २०७७, शुक्रबार ०३:५८

साउन ३०, डोटी | जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब समुदायस्तरमा कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमित बढेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय डोटीले यहाँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षणका लागि तयारी गरेको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिने तयारी भएको जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएकाले हामीले बढी भीड हुने कार्यालय तथा सुरक्षाकर्मीको पिसिआर परीक्षण गर्ने तयारी गरेका छौँ, चाँडै नै सबैको कोरोना परीक्षण हुन्छ ।” भारतबाट रोजगारी गरी जिल्ला फर्किएका कम्तीमा पनि ५९० को कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिनुभयो । जिल्लामा कोरोना परीक्षणका लागि कम्तीमा पनि सात हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ । 

भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गर्न थालिएको कोरोना सम्पर्क व्यक्ति विष्टले बताउनुभयो । समुदायस्तरमा कोरोना परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्न यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह