२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकको लिदी पहिरामा १८ घर पुरियो, ३६ सम्पर्कविहीन

३० श्रावण २०७७, शुक्रबार ०७:१६

साउन ३०, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र  ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी  सदरमुकामस्थित चौतारा अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । 


घटनाको जानकारी पाएलगत्तै जलबिरेस्थित इलाका प्रहरी कार्यालयबाट  टोली त्यसतर्फ  गएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घाइतेको उद्धारका लागि मनाङ एयरको हेलिकप्टर पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । करिब एक किलोमिटरमाथिबाट झरेको पहिराले अन्य २५ घर उच्च जोखिममा रहेको र पहिरो झर्नेक्रम नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । 

घाइतेको उद्धारका लागि नेपाली सेनाको टोली पनि त्यसतर्फ जाँदै गरेको बताइएको छ । २०७२ सालको भूकम्पले थिलथिलो पारेको ठाडो भिरालो जमिनमा शिवश्री हाइड्रो पावरले विद्युतगृहको सुरुङ निर्माण गर्ने क्रममा विस्फोटक पदार्थले जमिन थर्किएकाले पहिरो स्थानीयवासीले आरोप लगाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ