२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोक पहिरामा परेकाको उद्धारका लागि सभामुख घटनास्थलमा

३० श्रावण २०७७, शुक्रबार ०७:२७

साउन ३०, सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

लिदीमा फेरि झर्यो पहिरो

लिदीमा बिहान ६ बजे गएको पहिरामा परी  घाइते भएका तथा मृतकको सनाखत हुन नपाउँदै फेरि बिहान १० बजे सुख्खा पहिरो झरेको छ । उद्धार गर्दैगर्दै फेरि पहिरो झरेका कारण थप केही मानवीय क्षति हुनाका साथै केही घर पुरिएको गुगल गाउँपालिका– ५ का वडाध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिनुभयो । “घाइतेको उद्धार गर्दागर्दै फेरि पहिरो गयो, थप केही मानवीय क्षति हुनुका साथै घर पुरेको छ”, उहाँले भन्नुभयो । थप गएको पहिरामा कति क्षति भयो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो  । 

 लिदीबाट पहिलो चरणमा सिकिस्त घाइते भएका दुई महिला र दुई पुरूषलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइतेलाई हेलिकप्टरबाट चौतारा ल्याई उपचारका लागि पठाइएको हो । अन्यको उद्धार जारी राखिएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली