२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा भेटियोे लोभीपापी

३१ श्रावण २०७७, शनिबार १२:१९

 साउन ३१, जाजरकोट । विश्वमा लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजीकै फेला परेको छ ।

भेरी नगरपालिका–१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यस वर्ष ११ वटा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पक्षी तथा नेपाल पक्षी संरक्षण सङ्घको आजीवन सदस्य गोविन्द सिंहले जानकारी दिनुभयो । 

धल्दा, कालेगाउँ नजीकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाइएको अधिकृत सिंहले जानकारी दिनुभयो । यसअघि सुर्खेतमा पनि १०  वटा सो प्रजातिका गरुड भेटिएका थिए ।

जैविक विविधता राम्रो भएको जाजरकोटमा  विश्वमा  दुर्लभ जनावर रेडपान्डा तथा दुर्लभ पक्षी  चिरकालीज, सुन गिद्ध र  सेतो गिद्धको बास रहेको पाइएको  सिंहले बताउनुभयो । 

बारेकोट र कुशे गाउँपालिका तथा भेरी र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पक्षीको बासस्थान भए पनि यहाँको जङ्गल क्षेत्र मासिँदै गएकाले दुर्लभ जनावर तथा पक्षी लोप हुँदै गएको उहाँको भनाइ छ ।

विसं २०७० देखि पक्षी तथा  वन्यजन्तुको एकल संरक्षण अभियानमा जुटेका सिंहले १२ वन्यजन्तु, २७  पक्षी र छ गिद्धको उद्धार गरी व्यक्तिगत खर्चमा उपचार गरेर जङ्गलमै लिएर छाडिसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य