Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाग्मती प्रदेशका १३ जिल्लामा वर्षे धानबालीको रोपाइँ सम्पन्न

२०७७, ३२ श्रावण आईतवार ०७:२३

साउन ३२, मकवानपुर । वाग्मती प्रदेशका १३ जिल्लामा अहिले स्थानीय किसानले आ–आफनो खेतमा वर्षे धान बालीको लागि रोपाइँ सम्पन्न गरेको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । प्रदेशको १३ जिल्लामा वर्षे धानबाली लगाउन कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताउनुभएको छ ।

उहाँका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर–१, राधा–४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउलाई किसानले रोपाइँ गर्ने गरेका छन् ।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्षे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू