2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विद्यार्थी कार्डमा भाडा छुटको माग

ताराबहादुर महत, चैत्र ८, दोलखा
सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई दिइदै आएको भाडा छुटको व्यवस्थालाई
निरन्तरता दिन अनेरास्ववियु दोलखाले माग गरेको छ ।

त्यसैगरी
क्याम्पस समयमा यसअघि जिल्लामा सञ्चालित तामाकोशी–चरिकोट, बोच–चरिकोट र दोलखा–चरिकोट बस सेवालाई नियमित
गर्नुपर्ने र विद्यालय समयमा विद्यार्थीहरुलाई बस नरोक्ने प्रवृत्ति ७ दिनभित्र अन्त्य गर्नुपर्ने माग
गरिएको छ । अनेरास्ववियु क्षेत्र नम्बर २ दोलखाका संयोजक राजकुमार ढुङगेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा
सात दिनभित्र सबै माग पुरा नभए कडा आन्दोलनमा उत्रिने र आन्दोलनको सम्पुर्ण जिम्मेवारी यातायात समितिले
लिनुपर्ने चेतावनी समेत दिइएको छ । ३ बुँदे माग सहितको विज्ञप्ती अरनिको, रोल्वालिङ यातायात समिति र
जिल्ला प्रशासन कार्यालयमा पनि बुझाइएको अनेरास्ववियु क्षेत्र नम्बर २ दोलखाका संयोजक राजकुमार ढुङगेलले
जानकारी दिनुभयो । अरनिको यातायात समिति माताहतका गाडी धनीहरुलाई विद्यार्थी कार्डमा छुट दिन करिब एक
साता अघि नै अनुरोध गरिसकिएको र इन्धन पर्याप्त नभएकोले क्याम्पस समयमा बस सञ्चालन हुन नसकेको अरनिको
यातायात सेवा समितीका सचिव श्याम लामाले बताउनुभयो ।

इन्धन
अभावका कारण देखाउँदै करिब ६ महिना अघिबाट जिल्लामा सञ्चालित अरनिको र रोल्वालिङ यातायातका यात्रुबाहक
बसले विद्यार्थी कार्डमा छुट दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई