२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राउटेका घर अधुरै

३२ श्रावण २०७७, आईतवार ०९:२९

साउन ३२, अमरगढी । डडेल्धुरामा हालसम्म राउटे समुदायका लागि एक दर्जन घर निर्माण हुन सकेका छैनन् । २०६८ सालमा घर आवास कार्यक्रम अन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो । राउटेलाई सरकारले लोपोन्मुख जातीमा राखेको छ । यस जातीको संरक्षण सरकारले गर्नुपर्ने हुन्छ ।

तत्कालीन अवस्थामा जोगुवडा क्षेत्रमा ८६ घरपरिवार राउटेको बसोवास थियो । पर्शुराम नगरपालिका–४ रज्यांैडाका ४१ परिवार राउटेका घर निर्माणमा परे । जोगुबडा क्षेत्रका १०८ सामुदायिक वन विरुद्ध अख्तियारमा मुद्दा पर्यो । काठ कटान गर्न रोक लागेपछि काम प्रभावित भयो । वनको मुद्दापछि काठ उपलब्ध भएन र घर निर्माणको काम रोकियो ।

विषेश अदालतको फैसला अनुसार भित्री मधेश क्षेत्रका सामुदायिक वनमा काटिएको काठ अहिले बिक्री भइसकेको छ । तर राउटेका घर भने अधुरै रहेका छन् । घर निर्माणका लागि  बनाइएका कार्ययोजना थियो । 

आर्थिक वर्ष २०६८/६९ भित्रै निर्माण गर्ने गरी काम थालिएको थियो । काठको मुद्दा अख्तियारमा परेपछि काठ कटान निकासा रोकियो । काठ नपाएपछि निर्माणाधीन घरको काम पनि रोकियो । मुद्दाको तीन चार वर्षपछि काठ निकासा खुल्यो । तर राउटेका एक दर्जन घर एक दशकसम्म पनि निर्माण हुन सकेका छैनन् । यसले संरक्षित राउटे समुदाय समस्यामा छन् ।

सामुदायिक वनले काठ नदिएपछि घर बन्न नसकेको स्थानीयवासी सन्तीदेवी राउटेले बताइन् । आफूहरु उपभोक्ता भए पनि काठ नदिँदा घर अधुरै रहेको उनको गुनासो छ । केहीले जमुनाको काठ प्रयोग गरी घर बनाएका छन् ।

तोकिएको समयमा घर बन्न नसक्दा रकम निकासा भएन । स्थानीयवासी उदयसिंह राउटेले भन्नुभयो “कसैले १२ हजार मात्रै पाएका छन् भने कसैले २४ हजारसम्म मात्रै पाएका छन ”। सामुदायिक वनले काठ दिन रोक्यो । काठ नपाएपछि घर अधुरै रहेको उहाँले बताउनुभयो ।

महेन्द्रनगरबाट काठ ल्याई बनाउने भनिए पनि त्यसो हुन सकिएन । आफू उपभोक्ता रहेको सामुदायिक वनले काठ नदिँदा घर अधुरै रहेको गुनासो उहाँको पनि छ । सामुदायिक वनको सालको काठ जोगबुढाबाट बाहिर निकासी भएको छ । तर राउटे समुदायलाई काठ उपलब्ध नहँुदा नौ वर्षसम्म घर अधुरै रहेका छन् । कतिपय आधा बनेका घर जीर्ण भएका छन् । कतिपय घरको निसान नै छैन । जग मात्रै हालेका घरमा जङ्गल बनेको  राउटेका अगुवा दानबहादुर राउतले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य