२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग

३ भाद्र २०७७, बुधबार ०६:०५

हरि बाँस्तोला । भदौ ३, गण्डकी । पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना सङ्क्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमणको समाजका हरेक निकायहरु समस्यामा परिरहँदा त्यसको प्रभाव वृद्धाश्रममा पनि परेको थियो ।

झण्डै चार महिनाको बन्दाबन्दी र त्यसयताको सङ्क्रमणकालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमणबाट यहाँका ज्येष्ठ नागरिकलाई जोगाउनु चुनौतीपूर्ण छ नै, अर्कोतर्पm उनीहरुको खानपानलगायतको व्यवस्थापन अर्को चुनौती छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको विद्यमान अवस्थामा पनि दाताहरुको निरन्तरको सहयोगले हामीलाई ठूलै मद्दत पुगेको छ ।”

उहाँका अनुसार आमाबाबालाई पालनपोषण गर्न अप्ठ्यारो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा जनस्तर तथा विभिन्न सङ्घसंस्था र विदेशमा रहनु हुने नेपालीबाट समेत आर्थिक एवं खाद्यान्न सहयोग रहँदै आएको छ ।बन्दाबन्दीको अवसरमा आप्mनो स्वास्थ्यको समेत प्रवाह नगरी १५० विभिन्न सङ्घसंस्था व्यक्तिबाट वृद्धाश्रमलाई सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भन्नुभयो, “मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, रघु वाग्ले तनहुँमार्पmत नेपाल मकाउ सङ्गठन, नेलम्वो, पोखरा तरकारी बजारलगायतबाट नगदसहित खाद्यान्न एवं तरकारी सहयोग प्राप्त भएको थियो ।”

समाजका विपन्न, असहाय एवं असक्त ज्येष्ठ नागरिकको सहारा बन्ने उद्देश्यका साथ विसं २०५३ मा स्थापना गरी सञ्चालनमा आएको वृद्धाश्रममा वृद्धवृद्धा र सेवकसेविकासहित कूल ५५ जना रहनुभएको सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले जानकारी दिनुभयो । घरमा आप्mना दुई बुबाआमालाई समेत स्याहारसुसारजस्ता सेवा पु¥याउन नसक्ने हाम्रो समाजमा विभिन्न वर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भए पनि सहयोगी मनहरुको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेविकाको तलब तथा अन्य सरसफाइ एवं उपचारमा समेत गरी मासिक रु एक लाखभन्दा बढी खर्च हुने गरेको छ । आश्रममा बौद्धिक अपाङ्गता चार जना आश्रित हुनुहुन्छ । वृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधि सेवन गर्नुहुन्छ । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलब्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिनुभयो ।

एघार रोपनी तीन आना जग्गामा सरकारीस्तर, विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगबाट रु पाँच करोडभन्दा बढीको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । आश्रममा आश्रित अशक्त एवं दीर्घरोगीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ मेडिक्लिनिक सञ्चालन गर्नका लागि पूर्वाधार तयार भए पनि जनशक्तिको अभावमा उचित उपयोग हुन सकेको छैन । आश्रमले एक नर्स सहित हप्तामा एक दिन चिकित्सक उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दै आएको छ ।

परिवारबाट अपहेलित एवं कोही आफन्त नभएका समाजका बेसहारा ज्येष्ठ नागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व पूरा गर्दै आएको वृद्धाश्रमले यतिखेर तीनै तहका सरकारको सहयोग हुनुपर्ने सहयोगीहरुको सामूहिक धारणा रहेको छ । रासस 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो