2026-10-15 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाको काँचो स्याउ बजारमा

भदौ ४, खलङ्गा । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ । यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भदौ १० गतेभन्दा तल सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ । यहाँका स्थानीय तहका वडाध्यक्षले मनपरी रुपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन  जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो ।”

स्थानीय तहले महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । हरितालिका  नजिकिँदै गरेकाले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन् । यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ । कृषि कार्यालयले पाँच हजार एक सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न कृषि विकास कार्यालयले आग्रह गरेको छ ।  

जिल्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादान हुने गरेको छ । पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत जिल्लामा खेती गरिएको छ ।  बन्दाबन्दी र  निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका – १ का स्याउ किसान गोर्ख बस्नेतले बताउनुभयो । गत वर्ष जिल्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने