२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

आइसोलेशन थपिँदैः क्वारेन्टिन रित्तिँदै

२०७७, ४ भाद्र बिहीबार ०५:३८

राजकुमार पराजुली । भदौ ४, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताउनुभयो । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार नगरका सङ्क्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेशन’ रहेका छन् ।

भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ । नगरले अस्पताल र घरमा बसेका सङ्क्रमितलाई हाल व्यवस्थित आइसोलेशनमा लैजाने तयारी गरिरहेको छ । आइसोलेशन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ । ५० बेडको आइसोलेशन कक्षका लागि बनेपामा युवा व्यवसायी  रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गर्नुभएको छ । रञ्जितले बुधबार उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । वादेले आइसोलेशनमा बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताउनुभयो । 

काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेशन व्यवस्थित गरेका छन् । जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरमा छ आइसोलेशन बेड व्यवस्थित गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन् । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेशन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ । “सङ्क्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ” केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो । हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन् ।

त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेश बेड बढाईरहँदा क्वारेन्टिन रित्तिदै गएका छन् । हाल ७६ पुरुष र १३ महिला मात्रै बसेका छन् । जसमध्ये बनेपा नपामा छ, धुलिखेलमा १४, पनौतीमा १२, पाँचखालमा चार, नमोबुद्धमा दुई, मण्डनदेउपुरमा दश तथा रोशी गाउँपालिकामा २१, तेमालमा ११ र भुम्लुमा नौ क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका छन् ।

 यसैबीच, काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । हाल हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टअनुसार कूल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् । बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण