2026-09-12 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा

सर्जना कार्की । भदौ ४ रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । 

गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी  समस्यामा परेका छन् । विद्युत उत्पादन सप्लाइ गर्ने दुई ठाउँको ट्रान्सफर्मर जलेपछि विद्युत अवरुद्ध भएको ओख्मा लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष जनक बुढाले जानकारी दिनुभयो । 

वर्षातको समयमा सामान ढुवानीगर्न समस्या हुनुका साथै बन्दाबन्दीकोले नयाँ उपकरण ल्याउन समस्या भएको उहाँले बताउनुभयो । पुथा १२ स्थित आयोजनाको विद्युत अवरुद्ध हुँदा ती दुई वडाका गोल्खाडा, कोल, गर्खानी, खैरे र विर्गुम लगायत गाउँका आठ सय घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन् । यस्तै ओख्मा र कोलमा गरी दुई ठाउँको ट्रान्सफर्मर गत फागुन महिनामा जलेदेखि  नयाँ जडान नगरिएको र फागुदेखि कोल गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र कोलले विद्युतको समस्या झेलिरहेका छन् । 

पावर हाउसको विद्युतीय उपकरण र ट्रान्सफर्मर ल्याउन पहल भइरहेको पुथा १२ का वडाध्यक्ष गंगाबहादुर पुनले बताउनुभयो । ट्रान्सफर्मर खरिदको लागि १२ र १३ नम्बर वडाले  पाँच/पाँच लाख र गाउँपालिकाले  पाँच लाख गरी जम्मा  १५ लाख बजेटसमेत विनियोजन गरेको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । दुई वडा कार्यालय र विद्युत उपभोक्ता समितिको समन्वयमा अवरुद्ध भएको विद्युत सेवा सुचारु गरिदिन स्थानीयले अनुरोध गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले