२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अझै भेटिएनन् बेपत्ता भएका ११ जना

६ भाद्र २०७७, शनिबार ०६:५४

भदौ ६, अछाम | अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभयो । 

सो बाढीपहिरामा बगेर छ जनाको मृत्यु भएको थियो । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसर शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सो खोलाको बाढीमा परी बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन् । बेपत्ता भएकाहरुमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज शनिबार पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गर्नु भएको थियो । बाढीले वेपत्ता भएका व्यक्तिहरुका परिवारसँग उक्त टोलीले भेटघाट गरेको थियो । निरीक्षणका क्रममा ग्रहमनत्री थापाले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान तथा गृहमन्त्री मन्त्री डा भीम रावलसहित रहनु भएको थियो ।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउादा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बगेर बेपत्ता भएकाहरुको खोजी कार्यका लागि बुधबार दिउसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलीकप्टर परिचालन भएको थियो । कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौँपायासहित १७ जना नागरिक बगाएको थियो । खोलामा अहिलेसम्म पनि बाढी भएका कारण शव खोजी कार्य गर्न समस्या भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने