2026-08-31 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष

भदौ ७, चितवन। बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै हुनुहुन्थ्यो । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए ।

आफैँले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए । वरपर बसेर हेर्नेहरुले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए । महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ । अधिकारी भन्नुहुन्छ, “म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु ।” 

यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो । यहाँ ३५ हजार जनसङ्ख्या रहेको अधिकारी बताउनुहुन्छ । भरतपुरको मुख्य शहरी क्षेत्र सँगै रहेकाले यहाँ न्यून वगका सुकुम्वासीदेखि सम्पन्नसम्म बसोबास गर्दछन् । वडा सदस्यहरुसहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरीक्षक वसन्त पौडेल, जलदेवी स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवी कँडेल, वडा सचिव ओमप्रकाश न्यौपानेले अधिकारीलाई साथ दिइरहनु भएको छ । 

वडामा हालसम्म १६ जनालाई कोरोना सङ्क्रमण भइसकेको कँडेलले बताउनुभयो । तीमध्ये एक जनाको मृत्यु भएको छ भने नौ सक्रिय सङ्क्रमित छन् । जिल्लाका सात स्थानीय तहमा ९८ वडा छन् । ती अधिकांश स्थानमा वडाध्यक्ष यसरी नै रोग नियन्त्रणका लागि जुटिरहनुभएको । भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित घरमा बस्दा दिनभर फोनमै काम गरिरहनु पर्ने र निषेधाज्ञा लागु गराउन सडकमा जानुपर्दा छुच्चो हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो । हामी सबै सचेत हुनुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ जनप्रतिनिधिहरुले निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरीलाई साथ दिएको बताउनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिरहनुभएका गुरुङले रोगको जोखिमको बारेमा आम जनताले बुझिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै एकजुट भयौं भने रोगसँग लड्न सक्छौ ।”

जिल्लामा दैनिक सङ्क्रमित बढ्दै गएको छ । आजसम्म सङ्क्रमितको सङ्ख्या ३३३ नाघिसकेको छ भने जिल्लाका तीन जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी छ । बिहान र बेलुका अत्यावश्यक पसलहरु खुलेका भए पनि अन्यलाई रोक लगाइएको छ । जनप्रतिनिधिहरु यसरी जुटिरहँदा समेत अवज्ञा गर्नेहरु पनि ठाउँठाउँमा भेटिएका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई कारवाही तीव्र पारिएको गुरुङले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडा तहका जनप्रतिनिधिहरुको भूमिका प्रशंसनीय रहेको भन्दै वडा र टोलले निषेधाज्ञा कार्यान्वयनमा भूमिका निर्वाह गरिरहेको । उहाँले भन्नुभयो, “समन्वयमा उहाँहरुको भूमिका प्रभावकारी छ । अझै उहाँहरु लाग्नु पर्दछ ।” सबै एकजुट भएर कोरोना रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार