2026-09-12 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

थारु बस्ती : घरघरमा ‘अट्वारी पर्व’

शेरबहादुर सिंह । भदौ ७, महेन्द्रनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् ।

दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान धार्मिक चाड हरितालिका तीजपछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायको विधिवत रूपमा शुरुआत हुने गरेको छ । अट्वारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण जिल्लामा निशेधाज्ञा जारी गरिएको भएपनि थारु बस्तीका घर–घरमा अट्वारी मनाइरहेको उहाँले बताउनुभयो । “यो कुनै जमघट गरेर मनाइने पर्व होइन” उहाँले भन्नुभयो–“घरमै मनाइने भएकाले केही फरक पर्दैन ।” उपप्रमुख चौधरीले लामो समयदेखि थारु समुदायले मनाउँदै आएको अटवारी पर्व युवा पुस्ताले पनि आत्मसाथ गरेको बताउनुभयो ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । अर्कोथरि मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । 

भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरीमाथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए ।

त्यसैगरी महेन्द्रनगरका बेदप्रकाश चौधरीले अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिएको प्रति आभार प्रकट गर्नुभयो । “थारु कला संस्कृति जगेर्ना गर्न पनि सरकारले सहयोग गर्नुपर्छ ।” चौधरीले भन्नुभयो, “पुराना रीतिरिवाज धार्मिक र पर्यटकीय रुपले पनि जोगाइराख्न आवश्यक हुन्छ ।”

दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । 

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारको दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो ।“यो हाम्रो माघीपछिको दोस्रो ठूलो पर्व हो ।” चौधरीले भन्नुभयो–“दशौं पुस्तादेखि अट्वारी पर्व मनाउँदै आएका छौं ।” आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । 

वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ । 

अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ । 

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ । 

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन