Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खर्चिलो भएकैले प्राङ्गारिक बन्दैनन् चिया उद्योग

२०७७, ९ भाद्र मंगलवार ०४:१८

किरण पौड्याल । भदौ ९, इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफँै सचेत हुनुले चिया प्राङ्गारिक बनाउने क्रम बढेको छ तर प्राङ्गरिक प्रमाणपत्र पाउन भने सास्ती खेप्नुपरेको चिया उद्योगी बताउँछन् । खर्च बढी लाग्नाले पनि उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिन चाहँदैनन् ।

प्रमाणपत्र लिन अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाका मानिस ल्याउनु पर्ने तथा उद्योगको सबै तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ । उद्योग/सहकारीले सबै काम गर्न आफ्नै खर्च जुटाउनुपर्छ । लामो प्रक्रिया र खर्चिलो भएकाले धेरैले प्रमाणपत्र लिने प्रक्रिया नै थालेका छैनन् । 

“चियाको माग, मल अभाव, किसान आफैँमा आएको परिवर्तनले चिया विस्तारै प्राङ्गारिक त बन्दै छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भन्नुहुन्छ, “तर झण्झटिलो प्रक्रिया छ ।” राईका अनुसार चियाको प्राङ्गारिक प्रमाणीकरण गर्ने अनुसन्धानकर्ता नेपालमा दुईदेखि तीन जना मात्र छन् । अन्य अनुसन्धानकर्ता विदेशबाटै ल्याउनुपर्ने भएकाले खर्चिलो हुने गर्छ । “फेरि आफू वा आफ्नो वरिपरिका चिया उद्योगको अनुसन्धानकर्ताले पनि सर्वेक्षण गर्न पाइँदैन । अरूतिरबाट ल्याउँदा बढी खर्चिलो नै हुन्छ”, राई भन्नुहुन्छ । चियाको प्रमाणीकरणमा जान चाहे पनि कतिपय उद्योगीले खर्चकै कारण सकेका छैनन् ।

उन्नति परियोजनामार्फत सहयोग पाउँदा केही उद्योगले प्रमाणीकरण गरेका थिए तर अन्य सङ्घसंस्थाले सहयोग नगर्दा महँगो खर्च उद्योग आफैँले बोक्नुपर्छ । प्राङ्गारिकीकरण गरेर मात्र भएन वार्षिक प्रमाणपत्रको नवीकरण गर्नुपर्छ । नवीकरणका लागि रकम खर्चिनुपर्ने हुँदा उद्योगीले चाहेर पनि प्रमाणपत्र लिन सकेका छैनन् ।

प्राङ्गारिक प्रमाणपत्र लिन उद्योगमा संलग्न किसान र किसानले ल्याउने चिया कति क्षेत्रफलमा छ भन्ने विषय मुख्य हुन्छ । किसान र चियाखेती गरिएको जमिन बढी भए प्रमाणीकरणका लागि बढी खर्च लाग्ने गरेको जिल्ला चिया उत्पादन सहकारी सङ्घका अध्यक्ष प्रेमराज गुरुङ बताउनुहन्छ । प्रमाणपत्रका लागि खर्च मात्र नभई लामो समय लाग्ने गरेको गुरुङको बुझाइ छ । “यो सबै खर्च जोड्दा त चियाको अन्य काममा पनि लाइन्छ भन्ने लाग्छ र प्राङ्गारिकीकरण गरिँदैन”, गुरुङले भन्नुभयो । उहाँले प्रमाणपत्र लिनका लागि खर्च कम लाग्ने भए जिल्लाका धेरै उद्योग प्राङ्गारिक भइसक्ने बताउनुभयो । 

कति छन् त प्राङ्गारिक प्रमाणपत्र भएका उद्योग/सहकारी

 जिल्लामा १०० भन्दा बढी चिया उद्योग छन् तर हालसम्म १४ उद्योग मात्र प्रमाणीकरण भएका छन् ।  तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, ग्रीनहिल चिया उद्योगले प्रमाणपत्र लिएका छन् । त्यस्तै कञ्चनजङ्गा चिया उद्योग, सन्दफू चिया उद्योग, जस्वीरे चिया उद्योग, दाजुभाइ उद्योग, मिस्टम्याली उद्योग, गोर्खा टी स्टेट, इलामेली चिया, ग्रीन टी उद्योग, ओसिस चिया उद्योगले पनि प्राङ्गारिक प्रमाणपत्र लिएका छन् । 

अरू उद्योग प्रक्रियामा गए पनि अन्तिम प्रमाणपत्र भने लिएका छैनन् । पछिल्लो समय जिल्लाको सबैभन्दा बढी चिया उद्योग भएको सूर्योदय नगरपालिका (सूनपा) ले उद्योगलाई प्राङ्गारिकीकरण गर्न ताकेता गरे पनि आर्थिक सहयोग भने गरेको छैन । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ