२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट समाचार : दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ

९ भाद्र २०७७, मंगलवार ०४:४६

भदौ ९, जाजरकोट । दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरुको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक घरहरु भत्किरहेका छन्, हामी व्यवस्थापनको समस्याले हैरान भइसक्यौँ । हाम्रो फाइल गृह मन्त्रालयमा कहिले जान्छ रु फेरि सङ्ख्या थप्नुपर्ने भयो प्रमुख जिल्ला अधिकारीज्यू ।” कोभिड–१९ को महामारीका कारण देश आक्रान्त भएको बेला बारेकोटमा कोरोनासँगै त्रिपालको बासले सर्वसाधारण हैरान भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग सिसीएमसीको बैठकमा आइतबार अध्यक्ष शाह पीडा सुनाउँदै हुनुहुन्थ्यो । “एउटा घर सग्लो छैन, आज फेरि दुई घर भत्किएको खबर छ” शाहले भन्नुभयो, “समस्या असीमित छन्, स्रोतसाधन सीमित छ यसलाई हल गर्न तुरुन्तै अगाडि बढ्नुपर्ने भयो ।”

 उहाँका अनुसार गत असार २६ गतेदेखि त्रिपालमा बसेका सर्वसाधारण अझै कति समय त्रिपालकै बास बस्नुपर्ने हो थाहा छैन । विद्यालय, खुला चौर, अग्ला डाँडा कुनै पनि खाली नराखेर स्थानीयवासी ज्यान बचाउन बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । बारेकोटमा विभिन्न निकायबाट राहत पठाए पनि अझै गाउँगाउँमा सो राहत पुग्न सकेको छैन ।

“बाटो भत्किएको छ, खोलाहरुमा पानीको बहाव घटेको छैन”, बारेकोट–५ का प्रकाशमान सिंहले भन्नुभयो, “राहत टाठाबाठाले मात्र लिएको देखियो, वास्तविक पीडितमा पुरानै घाउको डोब पुरिएको छैन ।” दैनिक निरन्तर वर्षाका कारण बारेकोटमा कोरोनाको त्रासभन्दा बाढी पहिरोको त्रास धेरै भएको सर्वसाधारण बताउँछन् । राहत वितरणमा विभेद भएको भन्दै पत्रकार वीरबहादुर गिरीको संयोजकत्वको टोलीले बारेकोटमा केही राहत वितरण गरी आइतबार मात्र फर्किएको छ ।  करिब रु पाँच लाख बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।

 पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी करिब रु पाँच लाख सहयोग सङ्कलन भएको थियो । सङ्कलन भएको उक्त रकममध्ये रु चार लाख बराबरको राहत सामग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीले वडा नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका दुई घर परिवारलाई रु २०÷२० हजार, वडा नं ६ धुमामा मृत्यु भएका दुई घरपरिवारलाई रु १०÷१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई रु १० हजार र पछ्याप्री गाउँमा घर जलेका तीन घरपरिवारलाई रु सात÷सात हजारका दरले नगद पनि प्रदान गर्नुभएको छ । 

 बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि बारेकोट घर भएका प्रेस सङ्गठन नेपाल कर्णाली प्रदेश समिति संयोजकसमेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका थिए । सङ्कलन भएको रकमबाट खरिद गरिएको राहत सामग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाई हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिनुभयो ।

आफूहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा त्रिपालमुनि बसेका परिवारलाई थोरै भए पनि राहत पुग्ने उहाँको विश्वास छ । मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने गिरीको माग छ ।

 बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोले बढी मानवीय क्षति पुर्याएको थियो । वडा नं ४ जिरीको सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । पहिरोले बारेकोटका अधिकांश गाउँहरु पहिरोको जोखिममा परेका छन् । जमिन चर्किने, भत्किने र बग्ने क्रम ठूलो पानी पर्दा अहिले पनि जारी रहेको बारेकोटका पहिरो पीडित बताउँछन् । एक हजार २०० भन्दा बढी विस्थापित त्रिपाल तथा विद्यालयमा बसिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य