पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ९, जनकपुरधाम । महोत्तरीमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो ।

बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज विहान साढे ११ बजे मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

बलवाका वृद्धको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा चार दिनअघि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो ।

‘निमोनियाबाट ग्रसित बृद्धको अवस्था सोमबारै गम्भीर थियो, उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भयो’

महोत्तरीमा योसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।