२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाढीपीडितलाई अमेरिकाबाट राहतस्वरुप आर्थिक सहयोग

१० भाद्र २०७७, बुधबार ०४:५६

भदौ १०, मार्तडी । लगातारको अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले  राहतस्वरूप आर्थिक सहयोग गरेका छन् । 

अमेरिकामा बसोबास गर्नेहरुले आर्थिक सङ्कलन गरेर बाजुराका बाढीपीडितलाई सहयोग गरेको जनक थापाले बताउनुभयो । बाजुरालगायत सुदूरपश्चिम घर भई हाल अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका ५६ जनाको सहयोगमा रु छ लाख ६३ हजार २८० राहत सङ्कलन गरेर पठाएको अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आउनुभएका पदमबहादुर शाहीले बताउनुभएको छ ।

अमेरिकामा सङ्कलन गरिएको रकम पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहको नाममा नेपाल पठाइसकेको शाहीले बताउनुभयो । सङ्कलित रकम जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा पीडितलाई हस्तान्तरण गरिने भएको छ । बाढी र पहिरोबाट घरबास विस्थापित भएका र मृत्यु भएका पीडितलाई नगद राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीसँग बसेर टुङ्गो लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा बडीमालिका नगरपालिकाका बाढीबाट विस्थापित भएका ३८ परिवारलाई रु आठ हजारका दरले रु तीन लाख चार हजार र बाढीमा बेपत्ता भएकी घागरकी ऐसेनी महतका आफन्तलाई रु २० हजार प्रदान गर्ने सहमति भएको छ । यस्तै गौमुल गाउँपालिकाका बाढीबाट विस्थापित परिवारलाई रु आठ हजारका दरले रु एक लाख ६० हजार, मृतक अनिश विकका आफन्तलाई रु २० हजार, बूढीनन्दाका विस्थापित सात परिवारलाई रु आठ हजारका दरले रु ५६ हजार र मृतक झिमु ल्वारका आफन्तलाई रु २० हजार दिने गरी समन्वय भएको हो ।

त्यस्तै पहिरोमा बूढीगङ्गा नगरपालिकाका धर्मराज पाध्यायको आफन्तलाई रु २० हजार, बाढीले बगाएकी हिमाली गाउँपालिकाका बालिका इशु नेपालीका आफन्तलाई रु २० हजार र पहिरोमा परी मृत्यु भएकी बालिका सीमा बुढाका आफन्तलाई रु २० हजार राहतस्वरुप नगद सहयोग गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभएको छ ।

राहत सङ्कलनमा मुख्य भूमिका निर्वाह गरेका पदमबहादुर शाहीले भन्नुभयो, “बाजुरा यसपटक बाढीपहिरोबाट निकै प्रभावित बन्यो, त्यसमा हाम्रो पनि सानो सहयोग होस् भन्ने उद्देश्यले अमेरिकामा सबैलाई अपिल गरेपछि सहयोग रकम पठाएका छौँ ।” छोटो समयमा रु छ लाखभन्दा बढी रकम सङ्कलन गर्न सफल भएको शाहीको भनाइ छ । “वास्तविक पीडितले राहत पाउन्, आगामी दिनमा पनि हाम्रो सहयोग जारी रहनेछ”, अमेरिकामा बस्दै आउनुभएका मनलाल जैशीले भन्नुभयो । 

यस्तै नेपाल घर भई हाल अमेरिका बस्दै आएका नेपाली महिलाले बाजुराका बाढीपीडितका लागि रु ५० हजार सहयोग गरेका छन् । सहयोग रकम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यलय प्रमुख दीक्षा भण्डारीमार्फत पीडितलाई पठाइएको छ । 

अमेरिकाबाट आएको रु २५ हजार राहत गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायामार्फत पीडितलाई पठाइएको छ । रु २५ हजार रकम भने बडिमालिका–२ घागरमा बाढीपहिराले घर जग्गा गुमाएकी एकल महिला लाली महतलाई घर निर्माणका लागि सहयोग गर्ने भण्डारीले राससलाई जानकारी दिनुभएको छ । 

बाजुरामा असारयता बाढी र र पहिरोमा परेर एक बेपत्ता छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढीपहिरोबाट जिल्लामा ७१ परिवार पूर्णरूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बूढीगङ्गा नदीले एक बेलिबिज्र र पाँच झोलुङ्गे पुल बगाएको छ । नदीको किनारमा रहेका खेत जग्गा बगाएको छ । त्यस्तै ताप्रिसेरामा आएको बाढीले पक्की पुल बगाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य