बेनी (म्याग्दी), १२ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बेनी (म्याग्दी), १२ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीर"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

दश दिनदेखिको पहिरोले राति घर छोड्न बाध्य

१२ श्रावण २०७३, बुधबार ०३:१३

बेनी (म्याग्दी), १२ साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो नरोकिँदा बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकोमा बस्न बाध्य भएका छन् । 

गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीरबाट विगत १० दिनदेखि लगातार रुपमा खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथ सोही दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् । 

केही दिनअघि देखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीँबाट आएको पहिराले एक घर र दुई गोठ बगाइसकेको छ । तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले दिएको जानकारीअनुसार तोराखेतको कृषि सडकदेखि तल झाँक्रीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले बगरफाँटको कुरुङदी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा रहेका छन् । 

बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दूधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि खानेपानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले बताउनुभयो । 

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । 

वनक्षेत्रबाट पाइपमार्फत ल्याइएको पानीको पहिरोले बगरफाँट सामुदायिक वनको विभिन्न तीन स्थानमा पाइप बिगारिदिएको बगरफाँट खानेपानी उपभोक्ता समितिका हेरालु तोपबहादुर कार्कीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान