२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा दुई दिन निषेधाज्ञा थप

१० भाद्र २०७७, बुधबार १५:५१

भदौ १०, दैलेख | दैलेखमामा जारी निषेधाज्ञा दुई दिन थप भएको छ । यही भदौ  १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यसअधि यही भदौ ७ गतेदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । 

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप गरेको हो । सङ्क्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा भेटिएका अन्य व्यक्तिको स्वाब सङ्कलन र परीक्षणमा असहज परिस्थित भएकोले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । 

यसअघि जारी गरिएको निषेधाज्ञाभन्दा केही सहज बनाइएको बताउँदै उहाँले तरकारी पसल र अत्यावश्यक खाद्यान्न पसलहरू बिहान २ घण्टा र साँझ २ घण्टा खुल्ला गर्ने गरी केही खुकुलो बनाइएको छ । उहाँका अनुसार बिहान ६ देखि ८ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पसल खुल्ला हुने छन् । यस्तै  औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत्, फोहोर–मैला व्यवस्थापनलगायत अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवा सञ्चालन गर्न निषेध गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली