साउन १२, पर्वत । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् । 

पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो । पहिरोले पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पर्वत । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् । 

पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो । पहिरोले पुर"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरोले कपास उद्योग पुरिँदा सात घाइते

१२ श्रावण २०७३, बुधबार ०३:३७

साउन १२, पर्वत । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् । 

पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो । पहिरोले पुरिएर उद्योगभित्र सुतिरहेका सातजना मजदुर र सञ्चालक घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । 

घाइतेको छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । पहिरोका कारण उद्योगमा लाखौँको क्षति भएको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल