९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तुइन विस्थापन गर्न नसकिएको भए सूचना उपलब्ध गराउनू : मन्त्री फुयाँल

११ भाद्र २०७७, बिहीबार ०८:५६

भदौ ११, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभित्र झोलङ्गे पुल नबनेर तुइन विस्थापन गर्न नसकिएको भए तत्काल मन्त्रालयमा सूचना उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै अत्यावश्यकीय क्षेत्रका स्थानीय तहमार्फत झोलुङ्गे पुलको माग गरेर प्रदेशको भौतिक मन्त्रालयमा पठाएमा तुइन विस्थापन गरी पुल निर्माण प्रक्रिया अगाडि बढाइने बताउनुभयो । 

“यही भदौ मसान्तभित्र सूचना उपलब्ध गराइदिनुहुन स्थानीय तह तथा जनसमुदायसमेतलाई सविनय अनुरोध छ”, मन्त्री फुयाँलले भन्नुभयो । उहाँले यसरी प्राप्त हुने मागपत्रमध्ये अध्ययनमार्फत प्राविधिकरुपमा सम्भव  र  जनताका लागि आवश्यक भनी देखिएमा चरणबद्ध सम्बोधन गरिने स्पष्ट गर्नुभयो । उहाँले मन्त्रालयले देशका तीनै तहका सरकारको सहभागिता र जनसहभागितासमेतमा काम सम्पन्न गर्ने बताउनुभयो । 

मन्त्री फुयाँलले कुराकानीमा कृषि उत्पादन बढाउनका लागि महत्वपूर्ण भूमिका रहने पुराना राजकुलो संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार संरक्षणको सूचीमा मकवानपुरको थाहा–९ मा रहेको राजकुलोसहित प्रदेशका आठ जिल्लाका २३  राजकुलो संरक्षणको सूचीमा छन् । नेपालमा लिच्छविकालदेखि कृषि उत्पादन बढाउन योगदान दिएका राजकुलोलाई मन्त्रालयले सम्पदाका रुपमा सूचीकृत गरेको छ । 

मन्त्री फुयाँलले आर्थिक वर्ष २०७७/७८ मा मूर्त सम्पदाका रुपमा रहेका ती राजकुलोलाई सम्पदाका रुपमा पुनःनिर्माण गरेर संरक्षणको अभियान थालिने जानकारी दिनुभयो । मन्त्री फुयाँलले वाग्मती प्रदेश सरकारले आव २०७४/७५ को नीति तथा कार्यक्रममा विसं २०८५ वैशाख १ गतेभित्र सवारीसाधनको वर्तमान पेट्रोलियम प्रणाली विस्थापित गर्ने नीति लिएको स्मरण गराउँदै  सो कार्यका लागि निकट भविष्यमै विद्युतीय सार्वजनिक बस तथा त्यसको चार्जिङ स्टेशन र बस सञ्चालनको संयन्त्र बनाइने जानकारी दिनुभयो । मन्त्री फुयाँलले बस खरीद शुरु गर्नु अगाडि मूल्यसूची माग गर्दै सूचना जारी गरिसकिएको जानकारीसमेत दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो