साउन १२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा भएको बस दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु

१२ श्रावण २०७३, बुधबार ०४:०१


साउन १२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गाउँमा भएको बस दुर्घटनामा घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ । 

मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालमा उपचारकै क्रममा चाँगु नगरपालिका निवासी वर्ष ६० का पूर्णबहादुर भँडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

रत्नपार्कबाट यात्रु बोकेर भक्तपुर हुँदै चाँगुनारायणतर्फ जाँदै गरेको बा २ ख ६८१७ नम्बरको यात्रुवाहक बस मङ्गलबार अपराह्न ५ बजे दुर्घटना भई करिब १५० मिटर तल खस्दा २३ जना घाइते भएका थिए । 

घाइतेको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि २१ जनाको अझै मध्यपुर अस्पतालमा उपचार भइरहेको र दुईजनाको बी एन्ड बी ललितपुर र शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा घाइते भएकाहरु चाँगु नगरपालिकाकै चाँगुनारायण नगरपालिका क्षेत्रका वर्ष १५ का श्रीजन केसी, वर्ष १४ का साजन परियार, वर्ष १५ का रिपेश महर्जन, वर्ष ३० का लीलामणि भँडेल, वर्ष ३६ का रुक्मणि भँडेल, वर्ष २८ का भावना परियार, वर्ष ८ का बिकी तामाङ, वर्ष ११ का सुमन भँडेल, वर्ष ११ का उज्वल भँडेल, वर्ष ३७ का नानुमाया भँडेल, वर्ष २० की सविता तामाङ, वर्ष २६ का नवराज श्रेष्ठ, वर्ष ३६ का भुवनराज श्रेष्ठ, वर्ष २४ को कृतिका तामाङ रहेका छन् । 

यसैगरी घाइते काभ्रे–३ नालाका वर्ष ४० की मञ्जु बस्नेत, सर्लाही घर भई चाँगु बस्ने वर्ष ६० की विष्णुमाया श्रेष्ठ, बस चालक भक्तपुर नगरपालिका–१ च्यामासिंहका वर्ष २४ का विनोद प्रजापति, झापा–१ घर भएका सहचालक वर्ष १९ का सुरज भट्टराई, दोलखा घर भएका वर्ष १९ का राहुल भट्टराई, दोलखाकै वर्ष २५ का प्रदीप भट्टराई, काभ्रे पनौतीका वर्ष २० का प्रकाश कार्की र वर्ष १४ का राजन भँडेलको पनि उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह