२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : सडक प्रभावितले मुआब्जा पाउने

१३ भाद्र २०७७, शनिबार १०:३५

 भदौ १३, विदुर (रासस) । गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी– रसुवागढी सडक आयोजनाअन्तर्गत गेर्खु बेत्रावती सडकखण्डमा रहेका जग्गादाताले अब मुआब्जा पाउने भएका छन् । सांसद नारायणप्रसाद खतिवडाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी  गेर्खु बेत्रावती  सडकखण्डका  जग्गादाताले  मुआब्जा पाउने जानकारी दिनुभयो । उहाँले यही भदौ ८ गते स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधि, सोही आयोजनाका प्रमुख सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागि बैठकले  मुआब्जा वितरण गर्ने निर्णय गरेको बताउनुभयो ।  

सांसद खतिवडाले  प्रभावित जग्गाधनीका जग्गाको सडक केन्द्रबाट १५÷१५ मिटर दायँबायाँ ३० मिटर मध्येबाट कालोपत्र सडकको ४।५ मिटर कटाएर २५ मिटरको जिल्ला स्तरीय मुआब्जा निर्धारण समितिले तोकेको दररेटमा मुआब्जा उपलब्ध गराउनका लागि आयोजनालाई निर्देशनसमेत दिएको जानकारी दिनुभयो ।  

यसैगरी वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले साबिक कायम भएको सडक सरकारको भएको तर मुआब्जा दिएको प्रमाण नदेखिएकाले जिल्लाका स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरुले संयुक्तरुपमा मुआब्जा दिनुपर्ने माग राख्दै आएका बताउनुभयो ।  सर्वोच्च अदालतले समेत मुआब्जा वितरण गर्न  आदेश दिएको थियो ।  सोही आदेश कार्यान्वयन गर्न अघि बढेको र सम्बन्धित आयोजनालाई विवाद सुल्झाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।  

प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले मुआब्जाकै सम्बन्धमा गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी–रसुवागढी सडक आयोजनाअन्तर्गत पीपलटारदेखि ढुङ्गेसम्म १५÷१५ किमी र ढुङ्गेदेखि बेत्रावतीसम्म १०/१० किमी सडकखण्डमा २०३१ सालको सडक ऐनले सडक सीमा तोकेको र  सोही सडक सीमाभित्र रहेको जग्गाको मुआब्जा दिन नमिल्ने भनी सडक विभागमा निर्णय भएको बताउनुभयो । सोही निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको र अदालतले जग्गादातालाई मुआब्जा  वितरण गर्न आदेश दिएको जानकारी दिनुभयो । 

गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले सर्वोच्च अदालतको आदेश र स्थानीय , प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरु तथा जिल्ला प्रशासन कार्यलयको पहल र समन्वयमा भएको निर्णयको पालना गर्दै गेर्खु बेत्रावती सडकखण्डमा रहेको जग्गादाताहरुलाई मुआब्जा दिने आदेश रहेको बताउनुभयो । उहाँका अनुसार सडकखण्ड जम्मा ८२ किमीमध्ये २१ किमीमा कालोपत्र सम्पन्न भइसकेको, १० किमीसडक सीमा छुट्याउन पर्खाल लगाउने र भिरहरुको कटिङको काम सम्पन्न भएको छ । 

सोही सडकखण्डभित्र निर्माण गर्नुपर्ने साना–ठूला गरी ३२ पुलमध्ये १६ वटाको ठेक्काका लागि पाँचवटा पुल निर्माण सम्पन्न भइसकेको,  ६ वटा पुलको निर्माण अन्तिम चरणमा रहेको र पाँच वटाको काम भइरहेको छ । बाँकी १६ वटा पुलको भने यही आर्थिक वर्षमा सर्वेडिजाइन भई खरिद प्रक्रिया अगाडि बढाई ठेक्का लागाउने योजना रहेको प्रमुख भण्डारीले बताउनुभयो । 

आयोजनाको तथ्याङ्कअनुसार गत आव ०७६÷७७ मा मुआब्जा क्षतिपूर्ति कूल अनुमानित लागत ६ अर्बमध्ये ९९ करोड रहेको छ । ती मध्ये वित्तीय प्रगति १७ प्रतिशत भई ५२ करोड विनियोजन समेत भएको छ ।  कूल जम्मा खर्च एक अर्ब ५० करोड वितरणमा २५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

आयोजनाको आगामी कार्ययोजनामा आव ०७७/७८ मा गल्छी–त्रिशूली–मैलुङ्ग सडकखण्ड ४६ किमी, मैलुङ्ग–स्याफ्रुबँेसी सडकखण्ड २० किमीको निर्माण कार्य शुरु भई उल्लेख्य प्रगति हुने योजना रहेको  छ । स्याफ्रुबँेसी–रसुवागढी सडकखण्डमध्ये १७ किमीको काम भने चीन सरकारबाट निर्माण हुने  छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने