2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

गुर्जोप्रति बढ्दो मोह : निःशुल्क वितरण गर्दै युवा

भदौ १५, काभ्रेपलाञ्चोक । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ ।  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वितरण गर्न अचेल उहाँ व्यस्त हुनुहुन्छ । यसका लागि उहाँले अभियान नै चलाउनुभएको छ । 

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क .वितरण अभियान थालिएको उहाँले बताउनुभभयो । यहाँका केही युवाको साथ लिएर विगत पाँच दिनदेखि यो अभियान सञ्चालन गरेको सामाजिक अभियन्ता विष्टको भनाइ छ । 

“कोरोना भाइरस सङ्क्रमणबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि अहिले आफूले यसको निशुल्क वितरण गर्नेे अभियान शुरु गरेका छौं, पहिलो चरणमा काभ्रेपलाञ्चोकका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई पु¥याउने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो । उहाँका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितरण गरेर अभियानको शुरुवात गर्नुभएका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्रदान गरिएको बताउनुभयो । उहाँले बनेपा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितरण गरिएको छ । भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ । 

बनेपा नगरपालिका–२ बाट गुर्जो सङ्कलन गरी वितरण गरिएको अभियानका सदस्य देउजाले बताउनुभयो । “रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका वडा कार्यालयमा समेत वितरण गर्ने योजना छ ।  

शुरुमा आफ्नो अभियानप्रति ‘खिल्ली’ उडाउनेले नै वितरण अभियान जारी राख्दा अहिले ‘बधाई’ दिन थालेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गाउँ गाउँबाट त्यहाँका स्थानीवासीले गुर्जो लिन आउन अनुरोध गर्न थालेका छन्, यसबाट आफू निकै उत्साहित भएका छौँ ।” उहाँले वितरण गर्ने मात्र नभइ गुर्जेको उपभोग, फाइदा र यसको खेतीबारे पनि सिकाउँदै आउनुभएको छ । 

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उहाँको भनाइ छ । 

कोभिड–१९ सङ्क्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । प्रयोग बढ्न थालेपछि काभ्रेपलाञ्चोमा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले साँझ बिहान दुई पटक खाने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ । 

आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जेाको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँखालाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।सुत्केरी महिलाबाहेक सबैले यसको प्रयोग गर्न सकिने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई