साउन १२, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आए"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोमा परी एकको मृत्यु, छ घाइते

१२ श्रावण २०७३, बुधबार ०६:४१

साउन १२, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको पर्वतको उत्तरी वारीबेनी नजिकै गएराति पहिरो जाँदा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कालीनदीको पुल नजिकै रहेको धौलागिरि कपास उद्योगको माथिबाट राति १ बजेतिर एक्कासि पहिरो आएको थियो । 

पहिरोबाट गम्भीर घाइते भएकी ११ वर्षीया अङ्किता तामाङको उपचारको क्रममा पोखरा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरी चौकी बेनीले जानकारी दिएको छ । नुवाकोट त्रिशूली घर भई कपास उद्योग सञ्चालन गरेका कमनबहादुर तामाङको उद्योगमा अङ्कितासहित १० जना सुतिरहेका थिए । 

राति सोही अवस्थामा एक्कासि कपास उद्योग माथिको ढिस्को खस्दा उद्योग पूर्णरुपमा ध्वस्त भएको छ । पहिरोबाट तीन जना सकुसल रहेका छन् भने अन्य घाइते छ जनाको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको प्रहरी जवान होमबहादुर थापाले जानकारी दिए । 

पहिरोबाट नुवाकोट धोडेनी नगरपालिका विदुर–१० की १६ वर्षीया सुस्मिता तामाङ, सोही स्थानकी ३२ वर्षीया फूलमाया तामाङ, देउराली–२ का २० वर्षीय प्रेम तामाङ, देउराली–२ का ३५ वर्षीय सुवास थापा, देउराली–२ की १२ वर्षीया सृष्टी घले र अङ्गीत तामाङ घाइते भएका छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । 

पहिरोबाट उद्योगमा कति क्षति भएको छ भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको प्रहरी चौकीले जनाएको छ । केही दिनयता लगातार परिरहेको पानीका कारण उद्योगमाथिको ढिस्को चर्किएर खसेको हुनसक्ने अनुमान गरिएको छ । 

बाढीले लघुजलविद्युत् परियोजना बन्द 

अविरल वर्षापछि आएको बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको ओखरबोटका ३८० घरधुरी समस्यामा परेका छन् । 

ओखरबोट–३ च्युरीबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् आयोजनाको पानी ल्याउने मुहानदेखि करिब १५० मिटर नहर बगाएपछि विद्युत् उत्पादन बन्द भएको छ । 

दाजुङखोलामा आज आएको बाढीले परियोजनाको नहर बगाएपछि ओखरबोट, च्युरीबोट, छाप, महभिरलगायत रुम गाविसको खटेनगाउँका गरी स्थानीयवासी विद्युत् सुविधाबाट वञ्चित भएको परियोजनाका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिनुभयो । यो परियोजना विसं २०५७ मा निर्माण गरिएको थियो । 

“भत्किएको नहर तत्कालै मर्मत गर्न बजेट अभाव छ, विद्युत् उत्पादन बन्द भएपछि समस्यामा परेका छाँै अध्यक्ष राम्जालीले भने ।” 

त्यस्तै बाढीले स्थानीय राम विक, मनबहादुर पुनको मकै खेत भएको जमिन बगाएको छ भने जोखे दर्जीको खेतलाई समेत कटान गरेको राम्जालीले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ