प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

भदौ पुर्णिमाको अवसरमा शुक्रबारेमा मेला

१२ श्रावण २०७३, बुधबार ०६:५४

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भदौरे मेला सन्चालन हुने भएको अध्यक्ष अनिल आंखेवाले बताए । शुक्रबारेमा ऐतिहासिक रुपमै वर्षेनि भदौरे मेला लाग्ने गरेको छ । स्थानीय धामी, झाँक्रीहरुले भाद्र पुर्णिमाको अघिल्लै दिन अपवाससहित गुफा बसी पुर्णिमाका दिन स्थानीय रत्न देवी थानमा पुजा आजा र धामी नाच प्रदर्शन गर्ने गर्दछन् । 

परापुर्व कालदेखि नै हुँदै आएको त्यही प्रचलनलाई लक्षित गर्दै पछिल्लो समय युवाहरुको अगुवाईमा विभिन्न खेलकूद, मनोरन्जनात्मक र सांस्कृतिक कार्यक्रमहरु हुन थालेका हुन् । यसवर्ष पनि खुला भलिबल प्रतियोगिता र नृत्य प्रतियोगिता सन्चालन गर्ने निर्णय गरिएको अध्यक्ष आंखेवाले जानकारी दिए । 

मेलालाई सम्पन्न गराउन समाजले विभिन्न उपसमितिहरु समेत गठन गरिसकेको छ । मेलाको अवसरमा सन्चालन हुने भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः २५ र १५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा विजेताले ११ हजार १ सय ११ तथा उपविजेताले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । 

मेलासँगै लिम्बुवानको ऐतिहासिक राजधानी ताक्लुङ गडी साँवा लिम्बुहरुको मांगेना यक, चाङिसिङ यक लगायतका स्थानहरुको अवलोकन तथा रत्न देवी थानको दर्शन गर्न तिर्थालुहरुको भीड लाग्ने गरेको छ । 

मेलामा पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, सुनसरी र पाँचथरका विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ