प्रकाश बम, साउन १२, डोटी । पाँच दिवसिय आध्यात्मिक राजयोग शिविर आज देखि सिलगढी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन १२, डोटी । पाँच दिवसिय आध्यात्मिक राजयोग शिविर आज देखि सिलगढी"/>
२८ मंसिर २०८२, शनिबार
डोटी - DT

५ दिने आध्यात्मिक राजयोग शिविर सिलढीमा शुरु

१२ श्रावण २०७३, बुधबार ०७:२१

प्रकाश बम, साउन १२, डोटी । पाँच दिवसिय आध्यात्मिक राजयोग शिविर आज देखि सिलगढीमा शुरु भएको छ । जिल्ला विकास समिति डोटीमा एक कार्यक्रमको आयोजना गरी आध्यात्मिक राजयोग शिविरको उद्धघाटन गरीएको हो ।

उद्धघाटनका कार्यक्रममा बोल्दै डोटीका निमिक्त प्रमुर जिल्ला अधिकारी शंकर बिष्टले यसले तनावबाट मुक्ति र आफुलाई चिनाउने काममा ठुलो मदत गर्ने बताए । नैतिक शिक्षाको खडेरी परेका बेला यस राजयोगले त्यसको अनुभुति समेत गराउने बिष्टले बताए ।

त्यस्तै उद्धघाटन कार्यक्रममा बोल्दै नयाँशक्ति नेपालका सहदेब खातिले मान्छेलाई नैतिवान बनाउन आध्यात्मि हुने पर्ने कुरामा जोड दिए । मैले पछि आएर बुझ्दै जाँदा यो नै उत्तम रहेको खातिको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले आध्यात्मिक राजयोगको अहिलेको समयमा खाँचो रहेको बताए । पुराना पुराणमा आधारित पौराणिक कुराको पछिल्लो पिडिलाई ज्ञान हस्तान्तर गर्न समेत यसले भुमिका खेल्ने समते भट्टले बताए ।

ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय एव राज योग प्रशिक्षण केन्द्र राजपुर डोटीकी प्रमुख सञ्चालिका जानकीको अध्यक्षतामा कार्यक्रम गरीएको थियो ।  सन् १९३७ साल भारतको हैदरावादमा यसको स्थापना भएको हो । अहिले राष्ट्रका एक सय ३५ वटा राष्ट्र १० हजार भन्दा बढी केन्द्र रहेको समते विश्व बिद्यालयले जनाएको छ । यस विश्व विद्ययालले ५ वर्ष देखि ८० बर्ष सम्मका सबैलाई निशुल्क शिक्षा दिने गरेको पाईएको छ । यसले गरीबबाट धनि,दुःखिबाट शुखि,असभ्यबाट सभ्य र लागु दुब्र्यसनि,भुत पे्रत,मानिसमा चारित्रीक, नैतिक,हतास,भय,चिन्ता लगाएतका बारेमा समेत शिक्षा र उपचार गर्ने काम गरीरहेको समेत बताईएको छ । यसलाई अहिले राष्ट्रले समते शान्ति दुतका रुपमा हेर्ने गरेको समेत ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय एव राज योग प्रशिक्षण केन्द्र राजपुर डोटीकी प्रमुख सञ्चालिका जानकीले बताईन् ।

आध्यात्मिक राजयोग शिविर आज देखि शैलेश्वरी मन्दिरको गिता पुस्तकालयको तल्लो तलामा  बिहान ८ बजे देखि ९ बजे,दिउँसो १बजे देखि २ र साँझ ६ देखि ७ बजे सम्म सञ्चालन भईरहेको छ । उद्धाघाटन कार्यक्रममा न्यृत्य समेत प्रस्तुत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने