२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

गुर्जो अभियान : ‘स्याबासी’ले अझै उत्साही युवा

२०७७, १७ भाद्र बुधबार ०४:४३

भदौ १७, काभ्रेपलाञ्चोक । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादेले कार्यालयमा आई निःशुल्क ४० गुर्जो (चिनी लहरो) प्रदान गर्ने स्थानीय युवालाई ‘स्याबासी’ र बधाई दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर अरुको स्वास्थ्यप्रति चासो दिएकोमा वादेले स्याबासीसँगै बधाई र धन्यवाद दिनुभएको हो ।

“उहाँहरुको अभियानलाई स्याबासी, धन्यवाद र बधाई दिनैपर्छ, अहिलेको अवस्थामा उहाँहरुको योगदान अमूल्य छ”, वादेले भन्नुभयो । धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले बनेपाका युवाको सक्रियताको प्रशंसा गर्दै कोरोना भाइरस सङ्क्रमणको जोखिममा मानव सेवामा खेटेकामा ‘धेरै–धेरै बधाई’ भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । “उहाँहरुको साहसलाई ‘स्यालुट’ गर्नैपर्छ, आफ्नोभन्दा अन्यको सेवामा खट्ने मेहनती युवा टोलीलाई”, उहाँले भन्नुभयो । उहाँका अनुसार युवाले थप आवश्यकता परे पुनः ल्याइदिने आश्वासनले आफू निकै खुशी भएको बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला बनेपा–१० जनागालका युवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खट्ने काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौँका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतलाई ठूलो परिमाणमा निःशुल्क गुर्जो वितरण अभियान चलाएको पनि हप्ता नाघिसक्यो । सामाजिक अभियानकर्मी मुक्ति विष्टले केही युवाको साथ लिएर यो अभियान सञ्चालन गर्नुभएको हो । उहाँहरुको हालको दिनचर्या गुर्जो सङ्कलन र वितरणको योजना बनाउँदै व्यस्त रहन्छ ।

“गुर्जो  पाउने निकायबाट पाइएको स्याबासी, बधाई र धन्यवादले हामीलाई निकै उत्साही बनाएको छ, हाम्रो अभियान जारी नै छ, थप आवश्यकता पर्नेलाई पुनः दिने योजना पनि छ”, विष्टले भन्नुभयो । उहाँको अभियानमा गुर्जो सङ्कलन तथा वितरणमा स्थानीय रवीन्द्र देउजालगायत युवाले साथ दिएका छन् । “काभ्रेपलाञ्चोकका गुर्जो दिने स्वास्थ्य संस्था, स्थानीय तह तथा सुरक्षा निकायमा लेजाने योजनामा छौँ”, देउजाले भन्नुभयो ।  

टोलीले मङ्गलबार बल्खुस्थित बयोदा अस्पतालमा ४० किलो गुर्जो प्रदान गरेको छ । एक–दुई दिनमा धुलिखेल अस्पताल पनौती नगरपालिका कार्यालय र पनौतीस्थित सामुदायिक सहकारीमा गुर्जो दिन सङ्कलन भइरहेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी काभ्रेपलाञ्चोकमा आइसोलेसन सञ्चालन भएसम्म त्यहाँ रहने सङ्क्रमितलाई गुर्जो अभाव हुन दिने छैनौँ ।” उहाँका अनुसार काभ्रेका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीसमेतलाई पुर्याउने लक्ष्य युवा टोलीको छ । 

आयुर्वेद चिकित्सकले प्रमाणित गरेअनुसार गुर्जो जडीबुटी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरसबाटसमेत मुक्ति दिलाउने भएकाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खट्नेलाई निःशुल्क गुर्जो वितरण अभियान थालिएको विष्टले बताउनुभभयो । अभियानको शुरुआत भदौ १० गते जिल्ला प्रशासन कार्यालयमा पाँच बोरा गुर्जो वितरणबाट गरिएको थियो । उक्त गुर्जो प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयलाई वितरण गर्ने गरी प्रदान गरिएको हो ।

 त्यसलगत्तै बनेपा नगरद्वारा सञ्चालित आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो, बनेपाकै बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कूल साँगामा ३५ किलो र धुलिखेल नगर कार्यालयमा ४० किलो, भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पताल (जहाँ स्वास्थ्यकर्मीलगायत १०५ सङ्क्रमित छन्) मा ५० किलो, भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा ४० किलो वितरण गरिएको अभियानकर्मीले जानकारी दिएका छन् । हालसम्मका लागि गुर्जो बनेपा नपा–२ बाट सङ्कलन गरी वितरण गरिएको देउजाले बताउनुभयो । उहाँका अनुसार रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरिएको हो । 

टोलीलाई अहिले गाउँगाउँबाट गुर्जो लिन आउन खबर आइरहेको छ । विष्टले वितरण मात्र नभई गुर्जोको फाइदाबारे र गुर्जो खेतीबारे पनि सिकाउँदै आएको बताउनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोक र भक्तपुरमा रहेका थप प्रहरी कार्यालयमा वितरण गर्ने योजना बनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला हाल गुर्जो मात्राअनुसार तातोपानीमा उमालेर रस पिउने गर्दा कोरोना भाइरस निको हुने विश्वास गरिन्छ । आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । यसका आँख्लाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।

सेता थोप्ला भएको बोक्रा पातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मुत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पुरानो ज्वरो निको पार्न उपयोग मानिदै आएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण