साउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जि"/>
२१ मंसिर २०८२, शनिबार
प्युठान - PTN

प्यूठानको विपद्प्रति नेता गौतम र पोखरेलद्वारा दुःख व्यक्त

१२ श्रावण २०७३, बुधबार ०८:०९

साउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका धेरै ठाउँमा जनधनको ठूलो क्षति भएको छ । 

अविरल वर्षाका कारण प्यूठानका विभिन्न नदी तथा खोलामा आएको बाढीले धेरै खेतीयोग्य भूमि कटान भएको छ । त्यसैगरी लुङ, फोब्ली, विजयनगर, खुङ, रजवारालगायतका ठाउँका गएको बाढी, पहिरोमा परी ३४ जनाको मृत्यु तथा ५५ जना बेपत्ता, करिब २०० घर गोठमा क्षति पु¥याएकोे खबरले मलाई दुखित बनाएको छ । 

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आज एक विज्ञप्ति जारी गरी यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन। 

यस प्रकोपको समयमा जिल्लामा रहेका सुरक्षा निकाय, जिल्लास्थित राजनीतिक दल, विभिन्न सामाजिक सङ्घ संस्थालाई सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्न पनि उनले अनुरोध गरे  । 

यसैगरी नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पनि आजै विज्ञप्ति जारी गरी बाढी, पहिरोजस्ता दैवी प्रकोपको नियन्त्रणमा समयमै सजग र सचेत रहन ध्यानाकर्षण गर्दै तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य