२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मल नपाउँदा किसान चिन्तित

२०७७, १८ भाद्र बिहीबार ०६:००

भदौ १८, विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् ।

विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए । धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन् ।

आफूहरु बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ । बुढीगंगा गाउँपालिका–४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेकोमा हतास रुपमा बताउनुहुन्छ ।

यस्तै कर्सिया–३ का ब्रम्हदेव मण्डलले धानबालीलाई मल उपलब्ध नहुँदा बिग्री सकेको बताउँदै अब कसरी परिवारलाई वर्षदिन खुवाउने भनेर चिन्ता लाग्न थालेको गुनासो गर्नुभयो । बुढीगंगा गाउँपालिका कृषक गरुचरण यादवले चार दिन लगातार दिनभरी मल उपलब्ध हुन्छ भनेर आउने गरेको तर खाली हात जानु परिरहेको बताउँदै किसानलाई सहज हुने स्थानमा सरकारले मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

सरकारले आधुनिक कृषिमा जोड दिएको भन्ने तर कृषकलाई आवश्यक हुँदा सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु दुखित भएका छन् । खेतमा धानवाली लागिरहेको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष  धानको उत्पादन घट्नेमा उनीहरु चिन्तित देखिन्छन् । सहकारीबाट मल लिनका विराटनगर, बुढीगंगा, धनपालथान, कटहरी लगातका गाउँपालिकाक्षेत्रबाट किसान विराटनगर–धरान सडकको शिवमन्दिर चोकको सहकारीको कार्यालय अगाडि ठूलो सङ्ख्याको रुपमा आउने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते