२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निरन्तर प्रकोपले समस्या : प्रजिअ ढकाल

२०७७, १९ भाद्र शुक्रबार ०४:४६

भदौ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । “धेरै मानिस विस्थापित छन्”, उहाँले भन्नुभयो,  “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरु अगाडि बढाइरहेको अवस्था छ ।” केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरु बसेर धरै निर्णय भएको र कामहरु  अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा सङ्क्रमण  नफैलियोस् भन्नका लागि यही भदौ १ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताउनुभयो । राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा हालसम्म चार जनाको मृत्यु भएको छ भने १०९ सङ्क्रमित भएकामा ७७ जना निको भएर घर फर्किसकेको उहाँले जनाकारी दिनुभयो ।

“अहिले हामीले जिषेधाज्ञा जारी गरेका छौँ, त्यसैले सङ्क्रमण नफैलिएको स्थिति छ । निषेधाज्ञा जारी नगरेको भए स्थिति भयावह भइसक्ने थियो”, उहाँले भन्नुभयो, “बजारलाई व्यवस्थित गर्ने, अति आवश्यक पसललाई निश्चित समयमा खोल्ने, केही निमार्णका कामलाई अगाडि बढाउने र अनावश्यक कामलाई बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ ।”

 अरनिको राजमार्गलाई व्यवस्थित गरिँदै

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि अरनिको राजमार्ग व्यवस्थित गरिने उहाँले बताउनुभयो । बाह्रबिसेभन्दा माथि एकठाउँमा सडक अवरुद्ध भएको स्थिति छ । उहाँका अनुसार सडक मर्मतका लागि सडक विभागले काम गरिरहेको छ ।

“चीन सरकारको न्यालम प्रान्तसँग असाध्यै राम्रो सम्बन्ध छ, म पहिला पनि सीमा जोडिएको जिल्लामा बसेको भएकाले मित्रराष्ट्रसँग कसरी समन्वय गर्ने भन्ने केही ‘आइडिया’हरू थियो”, उहाँले भन्नुभयो, “यसअघि जिल्लामा लामो समयदेखि सुरक्षा बैठक पनि बस्न सकिरहेको अवस्था रहेनछ, हामीले सहयोगको प्रस्ताव पनि गरेका थियौँ । चिनियाँ पक्ष एकदमै सकारात्मक भएर हामीलाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुभयो ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु