2026-08-31 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कोभिड–१९ को असर : कुखुराको मासुको मूल्य घट्यो

भदौ २०, रत्ननगर (रासस) : तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन् । 

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताउनुभयो । “४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन”, उहाँले भन्नुभयो, “कुखुरा र तरकारी एउटै जस्तै हो । लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन । अहिले मासु खपत हुने ठाँउ बन्द जस्तै छ ।” 

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । समान्यतय ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उहाँको भनाइ छ ।  

निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ । प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ । उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउनुहुन्छ । बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ । लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन् ।

एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायीहरु बताउँछन् । उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ । यहाँबाट काठमाडौँ, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार