साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिए"/>
२२ मंसिर २०८२, आईतवार
बाग्लुङ्ग - BGL

बागलुङमा पहिरोबाट घाइते गर्भवती महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

१२ श्रावण २०७३, बुधबार १०:५९

साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । 

आठ महिने गर्भवती समेत भएकी तामाङको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष पहलमा सुशीलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । पहिरोका कारण उहाँकी ८ वर्षीया छोरी तुजी र २२ वर्षीया भतिजी डिकीको मङ्गलबार निधन भएको थियो । 

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले सुशीलाको अवस्था अति संवेदनशील भएका कारण हेलिकोप्टरबाट काठमाडौँ लाने व्यवस्था गरिएको बताए । उनले भने, “उहाँ आठ महिनाको गर्भवती पनि रहेको पाइयो, पहिरोका कारण उनले परिवारका अन्य सदस्य पनि गुमाउनुभएको छ, ठाउँ–ठाउँमा सडक पनि अवरुद्ध भएकाले हेलिकोप्टर झिकाउन विशेष पहल गरिएको हो ।” 

बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि सुशीलालाई काठमाडौँ लगिएको हो । 

सोमबार रातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी उनि घाइते भएकी  थिइन् । घाइतेको उद्धारसँगै पहिरो पीडितका लागि प्रारम्भिक राहत सामग्री पनि हेलिकोप्टरबाट पु¥याइएको छ । 

५४ थान पाल, चार बोरा चिउरा र चाउचाउ पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्र र इलाका प्रहरी कार्यालयमार्फत राहत सामग्री वितरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य