साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिए"/>
२०८३, १९ बैशाख शनिबार
बाग्लुङ्ग - BGL

बागलुङमा पहिरोबाट घाइते गर्भवती महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

२०७३, १२ श्रावण बुधबार १०:५९

साउन १२, बागलुङ । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । 

आठ महिने गर्भवती समेत भएकी तामाङको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष पहलमा सुशीलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । पहिरोका कारण उहाँकी ८ वर्षीया छोरी तुजी र २२ वर्षीया भतिजी डिकीको मङ्गलबार निधन भएको थियो । 

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले सुशीलाको अवस्था अति संवेदनशील भएका कारण हेलिकोप्टरबाट काठमाडौँ लाने व्यवस्था गरिएको बताए । उनले भने, “उहाँ आठ महिनाको गर्भवती पनि रहेको पाइयो, पहिरोका कारण उनले परिवारका अन्य सदस्य पनि गुमाउनुभएको छ, ठाउँ–ठाउँमा सडक पनि अवरुद्ध भएकाले हेलिकोप्टर झिकाउन विशेष पहल गरिएको हो ।” 

बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि सुशीलालाई काठमाडौँ लगिएको हो । 

सोमबार रातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी उनि घाइते भएकी  थिइन् । घाइतेको उद्धारसँगै पहिरो पीडितका लागि प्रारम्भिक राहत सामग्री पनि हेलिकोप्टरबाट पु¥याइएको छ । 

५४ थान पाल, चार बोरा चिउरा र चाउचाउ पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्र र इलाका प्रहरी कार्यालयमार्फत राहत सामग्री वितरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो