Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अलैँची भट्टीबारे विज्ञ र व्यवसायीकै मत बाझाबाझ

२०७७, २४ भाद्र बुधबार ११:०९

भदौ २४, इलाम । अलैँचीको बारेमा सम्भवतः सबैभन्दा बढी छलफल भएको विषय हो, अलैँची सुकाउने भट्टी । कहिले पराम्परागत त कहिले आधुनिक र कहिले सुधारिएको भट्टी । यसैबारे सधैँ तर्कबाजी र बहस चल्छ । कसैले गुणस्तरको नाममा त कसैले खर्चको नाममा तर्कबाजी गर्ने विषय भएको छ अलैँचीको भट्टी । यहाँ एक किसिमको भट्टीलाई उत्तम र अरूलाई ‘बेकामे’भन्ने चलन सधैँ चलिरहन्छ ।

पाँच वर्षअघि आधुनिक भट्टीभन्दै विभिन्न सङ्घरसंस्थामार्फत विदेशी भट्टी गाउँ  पुर्याइयो । तिनै भट्टीलाई गुणस्तरीयको नाम दिँदै किसानलाई भिराइयो पनि । अन्ततः गुणस्तरहीन भट्टी भन्दै किसान पराम्परागत भट्टीमै फर्किए । अहिले ती भट्टीलाई खुलेरै कृषि विज्ञ र अलैँची व्यवसायी ‘कमिसनको नाममा भिराइएको’ भन्न हिच्किचाउँदैनन् तर अहिले सुधारिएको भट्टी भन्दै नयाँ किसिमका भट्टी पहिले जस्तै गाउँ पुर्याइएका छन् । यस्ता भट्टीको वितरणमा व्यवसायी र विज्ञले मात्र होइन, सरकारी कार्यालय कृषि ज्ञान समेत लागेको छ ।

सुधिरिएको नाममा  ल्याइएका यस्ता भट्टी पनि आलोचनाबाट मुक्त छैनन् । यसबारे विज्ञ र व्यवसायीकै तर्क फरक छ । व्यवसायी÷व्यवसायीकै धारणा मिल्दैन । सुधारिएको भट्टी भनिए पनि अन्तर्राष्ट्रिय बजारमा पराम्परागत भट्टीकै अलैँची गुणस्तरीय हुने बताउनुहुन्छ, अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराई । उहाँका अनुसार परम्परात भट्टी बाहेकका अन्य भट्टीबाट उत्पादित अलैँची अहिले अन्तर्राष्ट्रिय बजारमा कम गुणस्तरीय छन् । आधुनिक वा सुधारिएको भट्टीको अलैँचीको भित्री भाग नपाकेको र लामो समय नटिक्ने भएकाले यस्ता भट्टीको औचित्यै नभएको भट्टराईको भनाइ छ । “सरकारी कार्यालयबाट आएको पैसा भट्टीमा लगाइएको मात्रै हो”, भट्टराई भन्नुहुन्छ, “हाम्रा लागि परम्परागत भट्टी नै उपयुक्त छन् ।” सुधारिएको नाममा आएका भट्टीको अलैँची छिट्टो कुहिँने वा कीरा लाग्ने हुन्छ भने पराम्परातगत भट्टीको अलैँची लामो समय टिक्ने भट्टराईको दावी छ । उहाँ भन्नुहुन्छ, “अलैँचीको भित्री भाग पराम्परागत बाहेकका अन्य भट्टीमा पाक्दैन र त्यहाँ भएको गुलियो तरल पदार्थ सुक्दैन । त्यसैले आधुनिक भट्टीको काम छैन ।” आधुनिक वा सुधारिएको भट्टी र पराम्परागत भट्टी बीचको ‘रोइलो’ नयाँ भने होइन तर, यसबारे मत नमिल्नु चाहिँ अचम्म लाग्दो छ ।

 पराम्परागत भट्टी किसान आफैले निर्माण गर्ने भएकाले कम लागतका हुन्छन् । वर्षौदेखि प्रयोग गरेकाले किसानले उपयुक्त ठानेर भट्टी प्रयोग गर्दै आएका छन् तर अलैँची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष निर्मल भट्टराई भने पराम्परागत भट्टीमा धुँवा ९स्मोक० हुने भएकाले सुधारिएको भट्टी प्रयोग गर्नुपर्ने सुझाव दिनुहुन्छ । आधुनिक भट्टीका नाममा विगतमा ल्याइएका भट्टी कम गुणस्तरीय भए पनि अहिलेको सुधारिएको भट्टी गुणस्तरीय भएको भट्टराईको तर्क छ । “पराम्परागत भट्टीभन्दा सुधारिएको भट्टीमा अलैँची सुकाउनुपर्छ”, भट्टराई भन्नुहुन्छ, “हामीले अन्तर्राष्ट्रिय बजारमा धुँवा होइन, सुगन्ध बेच्ने हो । जुन वस्तु सुधारिएको भट्टीमा मात्र हुन्छ ।” भट्टराई मात्र होइन, अलैँची व्यवसायी महासङ्घ पूर्ववरिष्ठ उपाध्यक्ष दीपक नेपाल पनि सुधारिएको भट्टीकै अलैँची उपयुक्त हुने बताउनुहुन्छ । बाहिरी देशमा सुधारिएको भट्टी प्रयोगमा आएकाले पराम्परागत भट्टी प्रयोग रोक्नु पर्ने नेपालको भनाइ छ ।  

 सरकारी पक्षबाट तालीम र दक्षशक्ति बढाउने कार्यक्रम नभएकाले सुधारिएको भट्टीको अलैँची कम गुणस्तरीय भएको अलैँची व्यवसायी महासङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष नेपालको तर्क छ । “अब हामीले परम्परागत भट्टीमा अलैँची सुकाएर विश्ववजारमा बिक्दैन । बजारमा माग नै सुधारिएको भट्टीको अलैँचीको छ”, नेपालले भन्नुभयो, “हामीसँग यसका लागि दक्ष जनशक्ति नभएकाले पनि कम गुणस्तरीय अलैंची उत्पादन हुँदै छ । यसमा सम्बन्धित पक्षले ध्यान पु¥याउनुपर्छ ।”

किसानले अलैँचको वर्षौदेखि उत्पादन गरेर आम्दानी लिदैँ आएका छन् । खेती प्रविधि आधुनिक हुन नसकेको कारण पनि अलैँची गुणस्तरीय हुन नसकेको हो तर विज्ञ र व्यवसायीको ध्यान भने प्रविधिमा नभइ भट्टीमै मात्र पुगेको देखिन्छ । नेपालमा उत्पादन हुने ठूलो परिमाण अलैँची व्यवसायीमार्फत भारत जान्छ तर तिनै व्यवसायीको पनि अभिव्यक्ति हाँस्यस्पद जस्तो लाग्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै