2026-07-25 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

भदौ २५, चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो ।

पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शङ्कास्पद अवस्थामा भेटिएको थियो । निकुञ्जले गैँडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा भेटिएको जनाएको छ  । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भेटिएको गैँडा गलेको अवस्थामा रहेको बताउनुभयो ।

बन्दुकको आवाज आएकै दिन गैँडा मरेको मृत शरीरको प्रकृतिले देखाएको छ । टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् तर तस्करले खाग र खुरकै लागि गैँडा मार्ने भए पनि ती दुवै सुरक्षित रहेको बरालको भनाइ छ । घटना शङ्कास्पद भएसँगै निकुञ्ज थप रणनीतिका साथ अनुसन्धानमा अघि बढेको छ । यसअघि विसं २०७३ चैत २६ गते राप्ती बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैँडा मारेका थिए । त्यसयता प्राकृतिक कारणबाट मात्र गैँडा मरेको बरालको भनाइ छ ।

बराल तस्करले नै गैँडा मारेको हुनसक्ने बताउनुहुन्छ । उनीहरु तस्कर समूह भएको भन्दै तिनीहरूलाई निस्तेज पार्ने रणनीतिमा निकुञ्ज लागेको उहाँको भनाइ छ । बराल छुटेका कैदीबन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्वीकार्नु हुन्छ । गएको वैशाखयता मात्र भरतपुर कारागारबाट गैँडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन् । कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार त्यही मुद्दाका आउँदो चैतसम्ममा चार, २०७८ मा छ, २०७९ मा १० जना र २०८० मा चार जना छुट्दै छन् । कोही भने कारागारभित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन् । हाल  कारागारमा सो अभियोगमा ६८ जना छन् । पाँच वर्षभित्रमा आधाभन्दा बढी छुट्ने काफ्ले बताउनुहुन्छ ।

यस मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र रु १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । कारागारमा रहेकामध्ये २२ जना चेपाङ मात्र छन् । कारागारमा भएका सबैभन्दा बढी चितवनका ४५, नवलपरासीका १२, मकवानपुरका १० र पर्साका एक जना छन् । एक महिलाबाहेक अरू सबै पुरुष हुन् । बरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा लागेकाहरु भएको जानकारी दिनुभयो ।

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायतका ठाउँका हुन् । अरू मुद्दाको समेत गरेर यो सङ्ख्या १५० भन्दा बढी छ । तिनीहरुको खोजीमा पनि सुरक्षाका सबै तह लागेको उहाँको भनाइ छ । यससँगै कोभिड–१९ को मौका छोपेर तस्कर सक्रिय भएको अनुमान छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष ३८ वटासम्म गैँडा तस्करले मारेको तथ्याङ्क छ । त्यतिबेला विसं २०५८ देखि २०६३ सम्म तस्करले १०६ वटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सन् १९९५ मा चोरी शिकारबाट एउटा गैँडा मारिएको थियो । त्यसयता हालसम्म तस्करले मारेको प्रमाणित भएका गैँडाको सङ्ख्या १७६ पुगेको छ ।

पछिल्लो वर्षमा प्राकृतिक कारणले गैँडा मरे पनि तस्करले मार्न पाएका थिएनन् । निकुञ्जका सूचना अधिकारी अशोककुमार रामका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्राकृतिक कारणले सबैभन्दा धेरै ४३ गैँडा मरेका थिए । अन्य वर्षमा प्राकृतिक कारणले सरदर २५ गैँडा मर्ने गरेको उहाँको भनाइ छ । अहिले निकुञ्जले साइकल, मोटरसाइकल, गाडी, पैदल, हात्ती, डुङ्गा, मोटरबोटबाट गस्ती गर्दै आएको छ । अप्ठ्यारो ठाउँमा कुकुर र ड्रोन पनि प्रयोगका लागि तयारी गरिएको छ । निकुञ्जमा हाल ४६ सुरक्षा पोष्ट छन् । शङ्कास्पद ठाउँमा एम्बुस गस्ती गरिने रामले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निकुञ्जले थप रणनीतिका साथ सुरक्षा गस्ती बढाइरहेको छ । मध्यवर्तीका समूहसँग सहकार्य गरी युवा चोरी शिकार नियन्त्रण समूह पनि सक्रिय बनाइँदै छ । 

निकुञ्जमा यसै वर्ष गैँडा गणना गरिँदै छ । यसअघि सन् २०१५ सालमा गरिएको गणनामा नेपालमा रहेका ६४५ मध्ये ६०५ गैँडा यसै निकुञ्जमा रहेका थिए । निकुञ्ज सुरक्षामा नेपाली सेनाको वटुकदल गण खटिएको छ । विसंं. २००७ सालतिर यस निकुञ्जमा ८०० हाराहारीमा गैँडा रहेकोमा विसं २०२० मा यो सङ्ख्या घटेर १०० मा झरेको थियो । त्यसयता क्रमश गैँडाको सङ्ख्या बढ्दै आएको हो । विश्वमै एक सिङ्गे गैँडा दुर्लभ मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक