ललित बोहरा | साउन १२, डडेल्धुरा | नेपाल सरकार द्धारा जारी “स्थानीय बिपद् जोखिम व्यवस्थापन निर्देशिका २०६८” अनुरुप स्थानीय बिपद् जोखिम व्यवस्थापन योजना निर्माण तालीम सम्पन्न भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १२, डडेल्धुरा | नेपाल सरकार द्धारा जारी “स्थानीय बिपद् जोखिम व्यवस्थापन निर्देशिका २०६८” अनुरुप स्थानीय बिपद् जोखिम व्यवस्थापन योजना निर्माण तालीम सम्पन्न भएको छ । 

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बिपद् ब्यवस्थापन तालीम सम्पन्न

२०७३, १२ श्रावण बुधबार १५:०७

ललित बोहरा | साउन १२, डडेल्धुरा | नेपाल सरकार द्धारा जारी “स्थानीय बिपद् जोखिम व्यवस्थापन निर्देशिका २०६८” अनुरुप स्थानीय बिपद् जोखिम व्यवस्थापन योजना निर्माण तालीम सम्पन्न भएको छ । 

यु एस ए आइ डि को आर्थिक सहयोगमा रुडुक डडेल्धुरा द्धारा संचालीत पहल परियोजना अन्र्तगत संचालन गरीएको उक्त तालीम जिल्लाका ३ गा.बि.स. र १ न.पा. मा सोमवार सम्मपन्न भएको छ । तालीमले नेपाल सरकारद्धारा जारी निर्देशिका अनुरुप रही स्थानीय गा.बि.स. र न.पा.को बिपद् व्यवस्थापन योजना निर्माण एवं पूनरावलोकन गर्ने, बिपद् जोखिम न्यूनीकरणका मूख्य मुद्दाहरुलाई बिकास प्रक्रियाको मूलप्रवाहीकरणमा ल्याउने र समुदाय तथा गा.बि.स./न.पा. स्तरमा रहेको जोखिमको पहिचान गरी अल्पीकरणको प्रक्रियामा ल्याउने उद्धेश्य रहेको कुरा यस परियोजनाका जिल्ला संयोजक बिष्णु प्रशाद बोहराले बताउनुभयो ।

स्थानीय गा.बि.स. तथा न.पा. मा रहेको बिपद् व्यवस्थापन समितीको क्षमता अभिबृद्धी एवं सम्बन्धीत गा.बि.स. तथा न.पा. ले बिपद् व्यवस्थापनको क्षेत्रमा छुट्याईएको बजेट र त्यसको हालसम्मको उपलब्धीको बारेमा समेत तालीममा छलफल भएको कुरा यस तालीमका सहजकर्ता अमर साउदले बताउनुभयो ।

यसैगरी जिल्लाको रुपाल, गांखेत, आलीताल र परशुराम न.पा. को बिपद् व्यवस्थापन योजना आवश्यक एवं प्रभावकारी रहने र आगामी दिनमा हुने सबै खाले विकास प्रक्रियामा यसको महत्वपूर्ण भुमीका रहने कुरा आलिताल. गा.बि.स.को तालीम समारहोमा उपस्थीत सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवश्थीले बताउनुभयो ।

डडेल्धुरा जिल्ला जोगबुडा ईलाका प्रशासक दत्तु राम पाण्डेय, आलीताल गा.बि.स. सचिव जय लाल सिंह शाहु र अन्य सबै राजनितीक दल उपस्थित उक्त कार्यक्रममा यस परियोजनाले गरेको यस कार्यको योगदान महत्पूर्ण रहेको कुरा व्यक्त गर्नुभएको छ ।

जिल्लामा पहल परियोजना संचालीत ३ गा.बि.स. र १ न.पा. का गरी सबै स्थानमा करीव १ सय ८० जनाको सहभागीता रहेको यस तालीममा बिपद् व्यवस्थापन योजना निर्माण गरी आगामी दिनमा आउने सबै खाले बिपद्को सामना गरी उत्थानशिल समुदाय, गा.बि.स एवं न.पा निर्माण गर्ने हाम्रो दायित्व रहेको कुरा बोध एवं जिममेवारी गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो