२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना

२०७७, २७ भाद्र शनिबार १४:१९

भदौ २७, तुलसीपुर (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा  तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  । 

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ ।

तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २÷२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक÷एक जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । योसँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १४१ पुगेको छ । सोमध्ये ८७ डिस्चार्ज भएका छन् । अब जिल्लामा सङक्रमितको संख्या ८७३ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला