2026-07-09 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा निधन

४ भदौ, काठमाडौं । वेदका ज्ञाता एवं विद्वान स्वामी
प्रपन्नाचार्यको विहीबार राति पशुपतिको मृगस्थलीमा ९२ वर्षको उमेरमा निधन भएको छ ।

मृगस्थलीको एक
आश्रममा बस्दै आएका प्रपन्नाचार्य लामो समयदेखि बिरामी थिए ।

जीवनमा एक्लो रहेका
प्रपन्नाचार्यलाई विभिन्न रोगले चापेका कारण केही वर्ष पहिलेदेखि नै आश्रममै अक्सिजनसमेत दिएर राख्ने
गरिएको थियो । राज्यले उनको उपचारमा ध्यान नदिएको गुनासो उनका सहयोगीहरुले गर्दै आएका थिए

संस्कृत, हिन्दी र नेपाली तीनै भाषाका ज्ञाता रहेका प्रपन्नाचार्य जीवनको उत्तरार्थमा पशुपति
मृगस्थली क्षेत्रको एक आश्रममा बस्न थालेका थिए ।

काले राईदेखि स्वामी
प्रपन्नाचार्यसम्म

पाँचथरको लालीखर्क बरडाँडामा वि.सं. १९९० सालमा जन्मिएका
प्रपन्नाचार्यलाई वाल्यकालमा काले राई नामले चिनिन्थ्यो । उनी ३० वर्षको जवान भएपछि अध्ययनका लागि
भारतको बनारस गए र वेदमा पीएचडीसम्मको शिक्षा हासिल गरे ।

पढाइलाई उमेरले छेक्दैन भन्ने कुराको
उदाहरण हुन् प्रपन्नाचार्य । संस्कृति विश्वविद्यालयबाट आचार्य र विद्यावारिधि गरेपछि उनी सन्यासी बनेका
हुन् ।

प्रपन्नाचार्यको योगदान  
स्वामी प्रचपन्नाचार्यले एकदर्जन भन्दा बढी
पुस्तकहरु लेखेका छन् । उनका केही पुस्तकहरु यस्ता छन् :

१.सम्मार्ग दर्शन (०३३) २.प्रचीन
हिन्दूविज्ञान (२०३६) ३.वेदमा के छ ? (२०३७) ४.पद्मस्मृति ग्रन्थ (सं.२०४०) ५.किरातहरू मंगोलिलयाबाट
आएका शरणार्थी होइनन् (२०४७) ६.भावामृत व्याख्या (सं.२०४९) ७.काले रार्इका क्वाँटी कविता (२०५०)
८.प्राचीन किरात इतिहास (२०५१) ९.मानव अधिकार हनन के हो ? (२०५१) १०.कार्तविर्योदय महाकाव्य
(सुकृतिदत्तकृत सं. २०५१) ११. योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ (सं.२०५४) १२.महागुरु फाल्गुनन्द सरस्वती
सत्यहाङ्माको जीवनी (२०५४) १३.संक्षेपमा मेरो जीवनयात्रा (२०५९)

प्रपन्नाचार्यको
निश्कर्ष : किरात पनि आर्य नै हुन्

स्वामी प्रपन्नाचार्य किरातहरु पनि आर्य जातिकै सन्तान
भएकाले किरात र आर्यवीच विवाद गर्न नहुने मान्यतामा अडिग थिए । किरात जाति पनि आर्य हुन् भन्ने दाबी
उनको ‘प्राचीन किरात इतिहास’ भन्ने मोटो किताबमा पढ्न पाइन्छ ।

प्रपन्नाचार्यको यही मान्यताका
कारण उनलाई कतिपय आदिवासी जनजाति नेताहरुले ‘ब्राह्मण’ भन्ने गरेका थिए ।
तर, वेद र संस्कृतमा
प्रकाण्ड विद्वता हासिल गरेकाले प्रपन्नाचार्यलाई हिन्दुशास्त्रका पण्डितहरुले पनि किरात मूलको ब्राह्मण
नै मान्ने गरेका छन् ।

राजनीतिकरुपमा प्रपनाचार्यले आफूलाई राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा
उभ्याउने गरेका थिए ।
प्रपन्नाचार्यको निधनले एउटा इतिहास एवं सिंगो एउटा युगको अन्त्य भएको धेरैले
अनुभूति गरेका छन् ।
हाम्रो तर्फबाट पनि अलविदा स्वामी प्रपन्नाचार्य ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो