2026-10-23 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना

असोज १, मकवानपुर । वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य शुरु गरेको छ ।

 हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव पेटिकाको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र  वाग्मती प्रदेश प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज यहाँ शुभारम्भ गर्नुभएको छ ।

प्रमुख महतले सर्वसाधारण जनताले सम्बन्धित प्रहरी कार्यालयमा पुगेर आफ्ना समस्या राख्न खोज्दा सुनुवाइ नहुने र तत्काल अपराध नियन्त्रण गर्ने क्रममा प्रहरी सङ्गठनबाट कारबाही अगाडि बढाउन नसकिएको गुनासोलाई सुधार गरी जनताको विश्वास आर्जन गर्ने कार्यका लागि प्रहरीले आफूलाई मन, वचन, कर्मले कर्तव्यनिष्ठ भई अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक लामाले जनतालाई सहज पहुँचको आधारमा प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा गरिएको कामको मूल्याङ्कन सुझाव र सुधार गर्नुपर्ने कार्यका लागि सहज तुल्याइने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुझाव पेटिका स्थानीय निकायमा राख्न उपयुक्त भएको र  सो पेटिकाबाट प्राप्त सुझावको अध्ययन गरी सम्बन्धित कार्यालयमा कारबाहीका लागि पठाइने पनि जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक लामाले प्रथम चरणमा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुको कार्यालयमा क्रमशः सुझाव पेटिका राखिने भएको जानकारी दिनुभयो ।

वाग्मती प्रदेशमा काठमाडौँ, ललितपुर, भरतपुर महानगरपालिका र हेटौँडा उपमहानगरपालिका रहेका छन् । रसुवा जिल्लामा भने नगरपालिका नभएकाले सम्बन्धित गाउँपालिकाबाटै सुझाव पेटिका राखी कार्य सञ्चालन गरिने  पनि प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत रोशन थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने