२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊ : चिया किसान

२०७७, १ आश्विन बिहीबार ०८:३९

असोज १, इलाम । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनु पर्ने प्रावधान स्थानीय सरकार (सूर्योदय नगरपालिका)ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् । 

मापदण्डानुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् । नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् तर पनि उद्योगीले ‘डेग’ चलाएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् कि पहिले ‘पेश्की’ भन्दै  किसानलाई रकम दिने पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिनेसमेत गरेका छन् । यसैले किसान उद्योगीसँग आजित भएका छन् । 

कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमलमा छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । “कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?” सूर्योदय–१० की साधना फागो भन्नुहुन्छ, “आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” फागोका अनुसार किसानको चियाको लागत मात्रै ३८ रुपैयाँ पर्छ तर २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ । 

नगरका अधिकांश किसानले आन्दोलनको शुरुमा त चिया नै उद्योगीलाई दिएका थिएनन् । उद्योगीले प्रतिबद्धता गरेर उचित मूल्य दिन्छौँ भनेपछि फेरि किसानले उद्योगसम्म चिया पुर्याए तर समस्या ज्युँका त्युँ छ । एक महिनाअघि आन्दोलन निष्कर्षमा पुग्न लागेको बताएका किसान एकाएक पछि सर्दै अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् ।

किसान, उद्योगी, नगरपालिका र चिया तथा कफी विकास बोर्डले किसानको समस्याको हल गर्न व्यावहारिक प्रयत्न नगर्दा समस्या नसुल्झिएको नगरपालिकाका किसान सुवास राई बताउनुहुन्छ । उहाँले किसानको समस्या हल गर्न सबै क्षेत्र मुखमा मुख मिलाए पनि व्यवहारमा भने किसानमैत्री नदेखिएको राईको दुखेसो छ । 

“हाम्रा पक्षमा सबै पक्ष लागिदिने हो भने कसरी समस्याको समाधान हुँदैन ?” आक्रोशित स्वरमा राससलाई फोनमा भन्नुभयो, “कानूनको कार्यान्वयन हुन सक्दैन भने नगरपालिकाले मापदण्ड किन बनाएको ?” सूर्योदय नगरपालिकाको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा ‘४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्रीलाई निरुत्साही गरिनेछ’ भनिएको छ । 

नगरको कार्यविधिअनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४० (न्यूनतम) मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । किसानले नगरको मापदण्डानुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रति किलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ तर नगरपालिका–१० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङ काजीले भने किसानले मापदण्डअनुसारकै चिया ल्याउने गरेको बताउनुहुन्छ । 

“उद्योगीले किसानलाई कम मूल्य दिनका लागि यसो भनेको हो”, काजीले भन्नुभयो, “उद्योगीले किसानको विषयलाई गम्भीर रूपमै लिँदैनन् । हाम्रो त बोली हो जस्तै ठान्दैैनन् ।” काजीका अनुसार यही समस्या सुल्झाउनका लागि किसान नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालयसमेत धाइसकेका छन् । काजीले आफूहरू आन्दोलनबाट हैरान भएको दुखेसो पोख्नुभयो । “किसानको चियाले उद्योगी धनी भएका हुन् । यदि सक्छन् भने तोकिएको मूल्य दिउन् । सक्दैनन्, चिया नै फिर्ता देऊ भनेका छौँ ।”

पहिले तोकिएको मूल्य दिने भन्ने अनि व्यवहारमा परिणत नगर्ने भएकाले समस्या बढेको काजीको भनाइ छ । नगरपालिकाका चिया उद्योगीले नगरको मापदण्ड नै कार्यान्वयन नगरेर कानूनविरुद्ध गइरहेका छन् तर नगरले यसबारेमा उद्योगीलाई केही गर्न नसकेको उद्योगीको भनाइ छ । नगरपालिकाका प्रमुख रणबहादुर राईले भने चियाको समस्या सुल्झाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । “नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भए पनि न्यूनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु”, नगरप्रमुख राईले भन्नुभयो, “किसानलाई हतोत्साहित नहुन आग्रह गर्दछु ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो