२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

२०७७, १ आश्विन बिहीबार ०८:४४

असोज १, लहान । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले विक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको हो । 

टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका–५ निवासी ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया नगरपालिका–५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गङ्गा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित